• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सर्यु नमूना आधारभूत विद्यालय भैसकुर्माकाे सरस्वती पूजा तथा ३६ औं वार्षिकोत्सव सम्पन्न




श्रवण कुमार यादव 
घोराही। घोराही उपमहानगरपालिका-३, भैसकुर्मा मा रहेको श्री सर्यु नमूना आधारभूत विद्यालयले सरस्वती पूजा तथा विद्यालयको ३६ औं वार्षिकोत्सव सम्पन्न भएको छ। विद्यालयले आज शुक्रबार एक कार्यक्रमका बीच विविध कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको हो।

कार्यक्रममा प्रमुख अतिथि डिसीले सार्वजनिक शिक्षाको सुधारका लागि विद्यालय व्यवस्थापन, शिक्षक-कर्मचारी र सरोकारवाला पक्षको निरन्तर सक्रियता आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा भनेको मानिसको चेतानस्तरलाई बृद्धि गर्ने हो। जुन समुदायको चेतनास्तर बृद्धि हुन्छ त्यो समाज सचेत र परिवर्तनमुखी हुने बिचार व्यक्त गर्नु भयो । उहाँले मानिसको तेश्रो आँखाको रुपमा लिइने शिक्षाले समाजमा सकारात्मक सोंचको विकास गराउनु पर्ने उल्लेख गर्दै शिक्षाले समाजलाई सभ्य र सचेत बनाउदै बुद्धिजीवीकरण तर्फ डोर्याउने बताउनु भयो।

कार्यक्रमका विषेश अथिति तथा दाङ–१ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका उम्मेद्वार समेत रहेका प्रकाश शाही स्वयंलाई युवा पुस्ताको प्रतिनिधिको रूपमा प्रस्तुत गर्दै आएका छन्। युवापुस्ताले चाहेको राजनीति भने स्पष्ट नीतिमा आधारित निर्णय, समान अवसर, पारदर्शिता, योग्यताको कदर र राजनीतिक पहुँचभन्दा प्रणालीको सम्मान रहने बताउनुभयो।

दाङ–१ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका उम्मेद्वारका रूपमा उदाइरहेका युवा नेता प्रकाश शाही पछिल्लो समय चर्चामा रहनुभएको छ। सार्वजनिक कार्यक्रममा व्यक्त गरेका उहाँका विचार र अभिव्यक्तिले एकातिर युवापुस्तामा उत्सुकता जगाएको छ भने अर्कोतिर कुनै पनि विकासको दिगो बिकास गर्न र अहिलेको पुस्ताले गरेका हरेक विकास योजनालाई पुस्तान्तरण गर्न शिक्षाको माध्यमबाट चेतनाको विकास गर्नु आजको आवस्यकता राज्य सरकारको नीति–नियम, युवापुस्ताले नीति आधारित र न्यायोचित नेतृत्वको अपेक्षा गरिरहेका बेला छ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप कुमार रेग्मीले राख्दै विद्यालयको शैक्षिक यात्राबारे प्रकाश पार्नुभएको थियो। त्यस अवसरमा विद्यालयका शिक्षक श्री कुमार पोखरेलले आर्थिक गतिविधि तथा आगामी दिनमा विद्यालयले अवलम्बन गर्ने रणनीतिबारे जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी, अभिभावक, समाजसेबी, बुद्धिजिबी, शिक्षाप्रेमी लगायतको उपस्थीती रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न विधामा सम्मान तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

Facebook Comments