देउखुरी। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ बाट चौधजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
दुईजनाले भने स्वतन्त्र बाट उम्मेदवारी मनोनय दर्ता गराएका हुन् । निकै प्रतिस्पर्धात्मक रुपमा चासोका साथ हेरिएको यो क्षेत्रमा मंगबार प्रतिनिधिसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर दाङ क्षेत्र नम्बर १ बाट विभिन्न पार्टीका राजनितिक दल र स्वतन्त्र गरि चौधजनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताका क्रममा स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताको क्रममा पञ्चेबाजा, स्थानियहरुको सांस्कृतिक टोली र समुदायका झाँकी प्रदर्शन गरिएको हो ।
नेपाली कम्युष्टि पार्टी (नेकपा) बाट मेटमणी चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । चौधरीले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि तामझामसहित मनोनयन दर्ता गराउनु भएको हो । मनोनयन दर्ताका क्रममा स्थानीय पहिचान झल्किने गरी विभिन्न जातजातिका झाँकीसहित उम्मेदवारी मनोनयन दर्ताको गराएको हो । मनोनयनका दिन पार्टीका संगठित सदस्यका साथै स्वतन्त्र रूपमा आउने शुभचिन्तकहरूको ठूलो संख्यामा सहभागी थियो।
त्यसैगरी नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरीले उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
दाङ निर्वाचन क्षेत्र नं. १ मा नेकपा एमालेबाट रेवतीरमण शर्माले मनोनयन दर्ता गराउनु भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उहाँले मनोनयन दर्ता गराउनु भएको हो । सन्तुलित विकासको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्न आफुले उम्मेदवारी दिएको शर्माको भनाइ छ । शर्मा दाङ १(ख) बाट २०७४ को निर्वाचनबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
दाङ क्षेत्र नम्बर १ मा असल नेताको परिचय बनाउनु भएका नेपाली कम्युष्टि पार्टी (नेकपा) का मेटमणी चौधरी, नेपाली कांग्रेसका योगेन्द्र चौधरी र नेकपा एमालेका रेवतीरमण शर्माले पनि मतदातालाई आकर्षित गर्न सक्ने बताइएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट देवराज पाठकले उम्मेदवारी मनोनय दर्ता गराउनु भएको छ ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिनु भएको छ । दाङ क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराउनु भएको हो । पार्टीले मेटमणि चौधरीलाई टिकट दिएपछि पूर्व माओवादी पक्ष असन्तुष्ट छ । उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रुपमा आफूले योगदान गर्न चाहेको बताउनुभयो।
यस्तै मंगोल नेशनल अर्गनाइजेसन बाट खुमबहादुर गाहा मगर, राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, नेशनल रिपब्लिक बाट मिनबहादुर ठेडी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टी बाट विनय वि.सि., नेपाल कम्युष्टि पार्टीबाट प्रकाश शाही, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी र स्वतन्त्रबाट मालिक राम यादवले उम्मेदवारी मनोनय दर्ता गराउनु भएको प्रतिनिधि सभा निर्वाचनका दाङ क्षेत्र नम्बर १ निर्वाचन अधिकृत कृष्ण प्रसाद नेपालले जानकारी दिनुभयो ।
मेटमणी चौधरी लगायतका नेताहरु मनोनयनको अघिल्लो दिन देउखुरी आइपुग्नु भएको हो । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युष्टि पार्टी (नेकपा) नेता मेटमणी चौधरी, नेपाली कांग्रेसका नेता योगेन्द्र चौधरी र नेकपा एमाले बाट रेवतीरमण शर्मा बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
