• २३ माघ २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
स्थानीय तह छाडेर बीचमै राजीनामा दिनु जनउत्तरदायित्व प्रतिको अपरिपक्वता होः अध्यक्ष विष्ट




सिसहनियाँ। राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय तहका जनप्रतिनिधिले पाँच वर्षका लागि जनतासँग गरेको जिम्मेवारीको करारलाई बीचमै तोडेर राजीनामा दिनु जनादेश र जनउत्तरदायित्व प्रतिको अपरिपक्वता भएको बताउनुभएको छ।

आइतबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै अध्यक्ष विष्टले स्थानीय सरकार कुनै ट्रान्जिट पोइन्ट नभई जनताको दैनिक जीवन बदल्ने सर्वोच्च मोर्चा भएको उल्लेख गर्नुभयो।

उहाँले मन्त्री वा प्रधानमन्त्री बनेर मात्र देश बन्ने होइन, सकेसम्म स्थानीय स्तरबाटै उदाहरणीय काम गरेर देश निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

उहाँले स्थानीय तहलाई राजनीतिक गन्तव्यतर्फ पुग्ने सिँढीका रूपमा नभई जनताको सेवा, विकास र परिवर्तनको केन्द्रका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो। स्थानीय स्तरमै रहेर जनअपेक्षा पूरा गर्नु र परिणाममुखी काम गर्नु नै जिम्मेवार जनप्रतिनिधिको दायित्व भएको उहाँको भनाइ छ।

Facebook Comments