• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सल्यान बनगाडमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक पुरुषको मृत्यु




नबिन पिएम
सल्यान। सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका–१० lस्थित शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर बनगाड कुपिण्डे नगरपालिका -१० खानिगाउँ का ६० वर्षका टेकबहादुर पुन मगरको मृत्यु भएको हो ।

बनगाड कुपिण्डे नगरपालिका १० का वडाध्यक्ष मोते घर्तीका अनुसार सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा सनिबार बाटोमानै मृत्यु भएको हो ।

वडाअध्यक्ष घर्तीका अनुसार सडक निर्माण किनारमा पर्खाल लगाउन तलबाट खनिरहेका बेला छेउबाट खसेको ढुंगाले पुन च्यापिएर गम्भीर घाइते हुनुभएको थियो । पुनको मृत्यु भएपछि सडक निर्माण कार्य रोकिएको बताइएको छ ।

Facebook Comments