• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा बस-मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु




देउखुरी। दाङ जिल्लाको देउखुरी क्षेत्रमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी लमही नगरपालिका–५ कोलही निवासी २२ वर्षीय विशाल चौधरीको मृत्यु भएको हो । दुर्घटना बिहीबार साँझ करिब ५ः३० बजे पुर्ब -पश्चिम सडक खण्ड लमही -७ नयबस्तीमा भएको हो।

लमहीबाट रिहारतर्फ जाँदै गरेको लु २ ख १०९८ नम्बरको बस र रिहारबाट लमहीतर्फ आउँदै गरेको लु ३९ प ८९६१ नम्बरको बुलेट मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।त्यस्तै बसमा सवार राप्ती गाउँपालिका–४ निवासी मिना ठकुरी र शिला परियार तथा मोटरसाइकलमा विशाल चौधरीसँगै सवार लमही नगरपालिका–५ कोलही निवासी अशोक चौधरी घाइते भएका छन्। साथै बस धनी सुशील वली पनि घाइते भएको प्रहरीले जनाएको छ।

अहिले घाइतेहरुको उपचार भइरहेको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Facebook Comments