दाङ । देउखुरीको लमहीमा आज बुधबार बेलुका करिब साढे तीन बजे इभी जीप, मोटरसाइकल र अटो एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
रा २ प ९६९१ नम्बरको मोटरसाइकल, अनटेष्ट इभी जीप र रा १ ह ३६५९ नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । लमही नगरपालिका–४ स्थित सडकखण्डमा इभी जीप र मोटरसाइकल ठोक्किएपछि अटो समेत दुर्घटनामा परेको जनाइएको छ ।
दुर्घटनामा लमही नगरपालिका–५ रातोडाँडा निवासी अन्दाजी १९ वर्षीय निश्चल बुढाथोकी र लमही नगरपालिका–६ कुलमोहोर निवासी अन्दाजी १९ वर्षीय शुलभ कार्की घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने कार्कीको अवस्था मध्यम रहेको छ ।
दुवै घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न इभी जीप चालक प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
