• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माघे मेला–२०८२ : सातौँ दिन नायक पल शाह घोराही आउँदै




घोराही । दाङको घोराहीमा जारी दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी ‘माघे मेला–२०८२’ को सातौँ दिन भोलि बिहीबार चर्चित नायक पल शाह मेलास्थलमा उपस्थित हुने भएका छन्। आयोजकका अनुसार भोलिको कार्यक्रममा नायक शाहसँगै ख्यातिप्राप्त कलाकारहरूको विशेष प्रस्तुति पनि रहनेछ।

घोराही–२ रामपुरमा जन्मिएका नायक शाहले आफ्नै गृहजिल्ला दाङ र गृहनगर घोराहीमा आयोजना भइरहेको माघे मेलामा सहभागी हुन पाउँदा आफू उत्साहित रहेको बताएका छन् । उनले सार्वजनिक गरेको भिडियो सन्देशमार्फत् आफ्ना दर्शक, शुभेच्छुक तथा नगरवासीलाई मेलामा उपस्थित भई आफूलाई आशिर्वाद दिन आग्रह गरेका छन् ।

“आफ्नै नगरमा आयोजना भइरहेको माघे मेलामा आउन पाउँदा अत्यन्त खुसी छु,” भन्दै उनले भोलि सबैलाई परिवारसहित मेलामा आएर कार्यक्रमको रमाइलो लिन आग्रह गरेका छन् ।

पुस २५ गतेदेखि सुरु भएको ‘माघे मेला–२०८२’ माघ १० गतेसम्म सञ्चालन हुनेछ । पर्यटन, संस्कृति र स्थानीय कला–प्रतिभाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको मेलाले घोराहीको सांस्कृतिक माहोललाई थप उत्साहपूर्ण बनाइरहेको छ ।

Facebook Comments