घोराही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङले पार्टीका सचिवालय सदस्य पञ्चाराम नेपालीकी धर्मपत्नी दिवंगत सीता नेपालीको स्मृतिमा मंगलबार घोराही– १८ मसिनामा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । पार्टीले दिवंगत हुनुभएकी सीता नेपालीको पाँचौ दिनको स्मृतिमा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका पोलिटव्यूरो सदस्य शीतल सीले पार्टीका सदस्य सीता नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफन्त तथा परिवारजनमा गहिरो समवेदना प्रकट गनुभएको थियो । उहाँले सीताको ५५ वर्षको उमेरमा भएको अकल्पनीय र असामयिक निधनले सिंगो पार्टी परिवारलाई अतुलनीय क्षति भएको समेत बताउनुभयो । क्रान्ति र पार्टीका हरेक गतिविधिकहरुमा पञ्चरामको सिंगो परिवारको योगदान महत्वपूर्ण रहेको कुरामा जोड दिँदै यो पीडामा पनि परिवारले धैर्यता नगुमाएको उहाँको भनाइ थियो ।
नेता शीतलले मान्छे जन्मेपछि मृत्यु निश्चित भएको हुँदा समाजमा हुने परम्परागत संस्कारलाई रुपान्तरण गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । ‘समाजमा जन्म, विवाह र मृत्युका संस्कार परम्परागत शैलीमा रहेका छन्, उहाँले भन्नुभयो– ती संस्कारहरुलाई नयाँ ढंगले अगाडि बढाउनुपर्छ । त्यो अहिले हाम्रो पार्टीले सी संस्कारअनुसार जन्म, विवाह र मृत्यु संस्कारलाई नयाँ ढंगले अगाडि बढाएको छ । त्यसले समाजलाई विस्तारै राम्रो बनाउदै लग्नेछ ।’
त्यस्तैगरी कार्यक्रममा बोल्दै माहुरी पालक महासंघका अध्यक्ष दिनेश वलीले समाजिक क्षेत्रमा क्रियाशील रहनुभएका पञ्चाराम नेपालीको जीवन संगिनीको असामयिक निधनले दुःखत् बनाएको बताउनुभएभयो । समाजमा हुने हरेक गतिविधिमा योगदान पु¥याउनका लागि यो परिवारको भूमिका महत्वपूर्ण रहेको र सामाजिक क्षेत्रमा पञ्चरामलाई सफल बनाउनका लागि उहाँकी श्रीमतिको ठूलो योगदान रहेको समेत उहाँको भनाइ थियो ।
त्यस्तै कार्यक्रममा पार्टीले पार्टीको मृत्यु संस्कारअनुसार तीन फलफूलको विरुवा रोपेको छ । दिवंगत सीता नेपालीको निधन भएको पाँचौ दिनको स्मृतिमा सी संस्कारअनुसार तीन वटा विरुवा रोपिएको थियो । मृत्यु संस्कारलाई नयाँ ढंगले अगाडि बनाउने उद्देश्यकासाथ दिवंगत हुनुभएकी सीता नेपालीको स्मृतिमा पार्टीको सी संस्कारअनुसार पैयूँ, आँप, घिउकुमारी गरी तीन वटा विरुवा रोपिएको थियो ।
श्रद्धाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सविन सी, केन्द्रीय सदस्यहरु प्रदीप सी, पाटन सी, निर्मल सी, विकास सी लगायतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालक पार्टीका घोराही नगरका सेक्रेटरी महान सीले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
