• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ महिला जेसीजको  पदहस्तान्तरण




घोराही । दाङ महिला जेसीजको १७ औं पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । महिला जेसीज २०२६ का लागि निर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको थियो ।

दाङ महिला जेसीज वर्ष २०२६ का लागि निर्वाचित जेसी अर्चना शर्माको टिमले पदभार ग्रहण गरेको थियो ।
निर्वाचन अधिकृत जेसी जुनु बुढा मगरले वर्ष २०२६ का निर्वाचित जेसी अर्चना शर्माको नेतृत्व टिम  घोषणा गर्नुभएको थियो । जसको कार्यकारिणी उपाध्यक्ष  भिमा डिसी र आरधना सिंह ठकुरी उपाध्यक्षमा सोलोचना पाण्डे,  सरस्वती वली,  गुल्सन सिंह ठकुरी र  अञ्जु घर्ती र  सचिवमा माया चौधरी रहनुभएको छ ।

वर्ष २०२६ का निर्वाचित जेसी अर्चना शर्माले दाङ महिला जेसीजको शिर उच्च राख्नका लागि संस्था विधि, विधानानुसार गर्ने प्रतिवद्द्ता जनाउनुभएको थियो । उहाँले २०२५ सालमा हुन नसकेका अधुरा कामलाई पूर्णता दिने र यो जिल्लाको पहिचानलाई अझै उच्च बनाउन राख्ने समेत बताउनुभएको थियो ।

त्यसैगरी उहाँले महासचिवमा बसन्ती सुवेदी, क्याप्चर  प्रीया रोका मगर, शिक्षा कोर्डिनेटर आकृति शर्मा, स्वास्थ्य कोर्डिनेटर गीता डाँगी, सदस्यता वृद्धिमा  दीपा पुन, कोष वृद्धिमा  दीपा पुन, टिम डाइरेक्टर विन्दु डाँगी, शाखा सम्पादक प्रज्ञा स्वर्णाकार, तालिम संयोजक रेमन्ता पुन,  कोषाध्यक्षमा संगीता गिरी, जनसम्पर्क अधिकारीमा सुनिता अधिकारी र  कानुनी सल्लाहकारमा लक्ष्मी चौधरीलाई मनोनित गर्नुभएको थियो ।

जेसीजका अध्यक्ष अनिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य लोका विश्वकर्मा, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष लालमणि भण्डारी, घोराही उपमहानगरपालिका उपमेयर हुमा  डिसीले  २००८ सालमा स्थापना भएको दाङ महिला जेसीजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको थियो । उहाँहरुले स्थापना कालदेखि नै संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यहरु  गर्दै  आएको भन्दै आगामी दिनमा संस्थालाई थप उत्कृष्ट बनाउनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन वर्ष २०२५ का महासचिव भिमा डिसीले गर्नुभएको थियो ।

Facebook Comments