• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला सुरु




घोराही । दाङको घोराहीमा दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला –२०८२ सुरुभएको छ । नेपाल मगर संघ घोराहीको आयोजना तथा नेपाल मगर संघ दाङ जिल्ला समन्वय समिति  र घोराही उपमहानगरपालिकाको संरक्षणमा शुक्रबारदेखि घोराहीस्थित गोरखा टोलमा माघे मेला – २०८२ सुरुभएको हो ।  पुस २५ गतेदेखि सुरुभएको मेला माघ ४ गतेसम्म सञ्चालन हुनेभएको छ ।

संघका अध्यक्ष वेद बहादुर बुढाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका पर्यटन, उद्योग तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले नेपालको संस्कृति र सम्पदालाई जोगाउन मेला तथा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले विभिन्न जातजाति र त्योसँग जोडिएको संस्कृति नेपालको पहिचान भएको हुँदा त्यसको जगेर्ना गर्नुपर्ने आवश्यक रहेको समेत बताउनुभयो । हाम्रा मौलिक कला र संस्कृतिहरु पुस्तान्तरण हुन नक्सदा लोप हुने अवस्थामा पनि रहेको हुँदा अब संस्कृतिलाई नयाँ पुस्तामा पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्ने भएको छ, उहाँले भन्नुभयो । कला र संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि स्थानीय, प्रदेश र संघीय सरकार जिम्मेवार बन्नुपर्र्ने बताउनुभयो । दाङलाई पर्यटनको हवको रुपमा विकास गर्नका लागि संस्कृतिमार्फत पर्यटन जोड्न सकिने भएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

हाम्रा कला र संस्कृतिलाई अर्थ व्यवसायसँग जोड्नुपर्ने आवश्यक रहेको भन्दै स्थानीय र प्रदेश सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको धारणा रहेको थियो । मेला, महोत्सवले कला, संस्कृतिलाई पर्यटन जोड्ने काम गरेको भएतापनि  त्यसको संरक्षण र सम्वद्र्धन तथा प्रवद्र्धनका लागि सबै पक्षहरु जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । दाङलाई पयर्टनसँग जोड्नका लागि यहाँको पूर्वाधार विकास गर्नका लागि सबैजना एकतावद्ध भएर अगाडि बढ्नुपर्ने समेत उहाँले बताउनुभएको थियो । हरेक कला र संस्कृतिको संरक्षण र विकासका लागि एक्लाएक्लै सम्भव नभएको हुँदा सबैको हातेमालो गर्नुपर्ने आवश्यक रहेको पनि उहाँको जोड थियो । जिल्लामा भएका विभिन्न जातजातिका रैथाने कला, संस्कृतिको संरक्षण र विकास गर्नका लागि योजना बनाएर अगाडि बढ्नका लागि प्रदेश सरकार तयार रहेको उहाँको भनाइ थियो ।

नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दरजित पुनले  सबै जातजातिका कला र संस्कृतिलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले यो मेलाले मगर समुदायको कला, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा विशेष भूमिका खेल्ने समेत बताउनुभएको थियो । सम्पूर्ण जातजातिका कला, संस्कृति, भाषा, भेषभुषाको संरक्षण तथा सम्बद्र्धनका लागि सबैमा एकता, सहयोग र सद्भावको  आवश्यक रहेको पनि उहाँको भनाइ थियो ।

नेपाली कांग्रेस दाङका जिल्ला उपाध्यक्ष कमानसिंह भारतीले मौलिक कला, संस्कृति र भेषभुषालाई जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो । जिल्लामा रहेका विभिन्न जातजातिका कला र संस्कृतिको संरक्षणका लागि पार्टीले आवश्यक साथ र सहयोग गर्ने समेत उहाँले बताउनुभएको थियो ।

नेकपा एमाले दाङ जिल्लाका उपाध्यक्ष मनोहर बुढाथोकीले नेपाल मगर संघले आफ्नो संस्कार र संरक्षण गर्नका लागि महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले मगर समुदायको  परम्परागत कला र संस्कृतिलाई संरक्षण गर्नका लागि सबैमा एकता, सहयोग र सद्भाव आवश्यक रहेको समेत बताउनुभएको थियो । सबैका जातिका कला, संस्कार र संस्कृतिलाई संरक्षण गर्नका लागि स्थानीय तह र प्रदेशले विशेष भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

नेपाली कम्युनिस्ट पार्टी दाङ जिल्ला समन्वय समितिको तर्फबाट विश्वराज आचार्यले शुभकामना मन्तव्य राख्दै  संस्थालाई राजनीति भन्दामाथि उठाउनुपर्ने बताउनुभयो । उहाँले नेपालको हरेक क्षेत्रमा राजनीतिकरण र भ्रष्टिकरणको  समस्या रहेको हुँदा मेला तथा महोत्सवमा राजनीतिकरण गर्न नहुने समेत बताउनुभएको थियो । कुनैपनि संघसंस्थाको आयोजनामा कला, संस्कार र संस्कृतिको संरक्षणका लागि हुने मेला, महोत्सवहरुमा राजनीतिकरण गर्न नहुने समेत उहाँको भनाइ थियो ।

घोराही –१४ अध्यक्ष भानसिंह बुढा, संघको सल्लाहकारको तर्फबाट पूर्ण बहादुर बुढा मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै मेला तथा महोत्सवमा सिन्डिकेट गर्नुभन्दा पनि सफल बनाउन सबैमा एकआपसमा सहयोग र सद्भावकाको  आवश्यक रहेको गर्नुभएको थियो ।

संघका उपाध्यक्ष गणेश प्रताप मगरको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन प्रकाश पुन र कैलाश घर्तीमगरले गर्नुभएको थियो । माघे मेलामा विभिन्न पञ्चेबाजा, मयुर नाचलगायतका झाँकीसहितको नृत्य प्रस्तुत गरिएको थियो । घोराहीस्थित लखन पार्कबाट सुरुभएको झाकीसहिको ¥याली दामोदर चोक, तुलसीपुर चोक, वीपीचोक, रझेना चोक, ट्राफिक चोक हुँदै मेला स्थलमा प्रवेश गरेको थियो ।

Facebook Comments