• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङका तीनवटै निर्वाचन क्षेत्रमा विप्लव माओवादीले लगायो उम्मेदवारको टुंगो




दाङ। पहिलोपटक प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन लागेको विप्लव नेतृत्वको नेकपा (माओवादी)ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । पार्टीले दाङका ३ वटै निर्वाचन क्षेत्रमा एकल सिफारिस गरेको छ।

दाङ निर्वाचन क्षेत्र नं. १ बाट पार्टीका केन्द्रीय सदस्य प्रकाश शाहीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। उनी अखिल (क्रान्तिकारी)का निवर्तमान अध्यक्ष समेत हुन् ।भ्रष्टाचार विरोधी अभियन्ता शाही देउखुरी क्षेत्रका ऊर्जाशील युवा नेताका रूपमा परिचित छन् । राजनीति शास्त्रमा एमफिल उत्तीर्ण शाही हाल धानखोला–लमही चारलेन सडक संघर्ष समितिको संयोजकका रूपमा अभियान सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं. २ बाट लामो समयदेखि पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय बालकृष्ण पोखरेल (सविन)लाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको छ । दाङ जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हालिरहेका सविन यस क्षेत्रका अनुभवी र परिचित नेतामध्य पर्छन् ।

पार्टीले दाङ निर्वाचन क्षेत्र नं. ३ बाट पार्टीका पोलिटब्युरो सदस्य बलबहादुर वली (शीतल) लाई पनि एकल उम्मेदवारका रूपमा अघि सारेको छ । माओवादी जनयुद्धकालदेखि नै भूमिगत तथा सक्रिय राजनीतिमा संलग्न शीतललाई पार्टीले अनुभवी नेतृत्वका रूपमा विश्वास गर्दै सिफारिस गरेको हो ।

पहिलो सहभागितामै तीनै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गर्ने माओवादीको निर्णयलाई राजनीतिक वृत्तमा सकारात्मक रूपमा हेरिएको छ। स्पष्ट उम्मेदवारी, अनुभव र संगठनात्मक बलका आधारमा माओवादीले दाङमा आफ्नो उपस्थितिलाई प्रभावकारी बनाउने संकेत दिएको विश्लेषण गरिएको छ।

Facebook Comments