घोराही । भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुखले कार्यालयबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । जेनजी आन्दोलन पश्चात् मालपोतमा हुने जग्गाको श्रेस्तासम्बन्धीको काम ढिलासुस्ती, आर्थिक चलखेल लगायतका विषयमा गुनासोहरु बढ्दै गएपछि नेपाल कम्युनिस्ट पार्टी ९माओवादी० को सहयाक संगठन युवा संगठन नेपाल दाङले हिजो सोमबार मालपोत कार्यालयमै पुगेर ध्यानाकर्षण गराएपछि कार्यालय प्रमुखले सेवाग्राहीहरुसँग सेवालाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका हुन् ।
संगठनका जिल्ला संयोजक शिशिर सीको नेतृत्वमा मालपोतका कार्यालय पुगेको टोलीले कार्यालयका प्रमुखलाई आम सेवाग्राहीहरुको गुनासो तथा समस्याहरुको बारेमा ध्यानाकर्षण गराउँदै सेवालाई प्रभावकारी बनाउनका लागि प्रतिवद्धता जनाउन आग्रह गरेका थिए ।
ध्यानाकर्षण पश्चात् कार्यालय प्रमुखले कार्यालयबाट प्रवाह हुने सेवालाई व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने र सेवा लिन आउने सेवाग्राहीको केही समस्या भए कागजातअनुसार तत्काल काम गर्ने र केही अपुग भए सोही अनुसार जानकारी दिएर कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाएको संगठनका संयोजक शिशिर सीले जानकारी दिनुभयो । कार्यालयबाट प्रवाह हुने सेवाहरु लिदा केही समस्या परे सेवाग्राहीले सिधै कार्यालय प्रमुख वा मालपोत अधिकृतलाई भेट गरेर समस्याको समाधान गर्न समेत कार्यालय प्रमुखले जानकारी गराएका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
