घोराही । घोराहीमा तथ्याङ्क दिवसको अवसरमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । तथ्याङ्क समन्वय कार्यालय दाङको आयोजनामा बिहीबार घोराहीमा ‘आधिकारी तथ्याङ्, पारदर्शी तथ्याङ्क’ भन्ने मूल नाराकासाथ तथ्याङ्क दिवस– २०८२ को अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यालयका तथ्याङ्क अधिकृत रोचक सुवेदीको अध्यक्षतामा भएको अन्तक्रिया तथा छलफल कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले वास्तवित सही तथ्याङ्कले सही दिशा निर्देश गर्ने बताउनुभयो । उहाँले सूचनाको एउटा मुख्य स्रोतको रुपमा लिइने तथ्याङ्कलाई सत्य र तथ्यमा आधारित बनाउनुपर्नेमा जोड दिनुभएको थियो । कार्यालयहरुबाट आउने तथ्याङ्कहरुलाई सही योजना तर्जुमा गरेमा ५० प्रतिशत काम सफल हुने समेत उहाँले बताउनुभयो । जिल्लामा विभिन्न कार्यालयहरुबाट आउने डाटाहरुमा दोहोपन देखिने भएको हुँदा डाटालाई एकीकृत रुपमा बाहिर ल्याउन सके सबैलाई फाइदा हुने र डाटामा दोहोरपनको समस्या हट्ने उहाँको भनाइ रहेको थियो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले तथ्याङ् दिवको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यालयहरुबाट आउने तथ्याङ्हरु यथार्थपरक हुनुपर्ने बताउनुभयो । उहाँले तथ्याङ्कबाट यथार्थ सूचना आउनुपर्ने कुरामा जोडदिँदै अहिले पनि धेरै कार्यालयहरुबाट आउने तथ्याङ्कहरुमा दोहोरोपनको समस्या भएको हुँदा त्यसलाई व्यवस्थित बनाउनका लागि सम्बन्धित निकायहरु जिम्मेवार बन्नुपर्ने समेत बताउनुभएको थियो ।
त्यस्तै कार्यालयका तथ्याङ्क अधिकृत सुमन्त कुमार गुप्ताले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै तथ्याङ्को महत्व र प्रयोगको बारेमा जानकारी दिनुभएको थियो । उहाँले प्रमाणमा आधारित निर्णय प्रक्रिया, नीति निर्माण, प्रक्षेपण तथा लक्ष्य निर्धारण र स्तरी जीवनका लागि तथ्याङ्कको महत्व रहेको बताउनुभएको थियो ।
त्यसैगरी कार्यक्रममा निजामति सेवामा २५ वर्षभन्दा बढी अवधि सेवा गरी हाल तथ्याङ्क समन्वय कार्यालय तथ्याङ् अधिकृत रोकच सुवेदी, कार्यालयमा कार्यरत कर्मचारी माधव प्रसाद पौडेल र गोपालराज उपाध्यायलाई सम्मान गर्रिको थियो । त्यस्तै तथ्याङ् कार्यालयमा कार्यरत सुपरिवेक्षक हरिभक्त गौतमलाई आर्थिक वर्ष २०८१/०८२ उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

