दाङ । बंगलाचुली गाउँपालिका वडा नं. ४ की वडा सदस्य तथा गाउँसभा सदस्य मिना परियारको ३३ वर्षको अल्पायुमा भएको दुःखद निधनप्रति बंगलाचुली गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
गाउँपालिकाले स्व. परियारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गरेको छ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार २०८२ साल पुस १७ गते बिहीबार बंगलाचुली गाउँपालिका कार्यालयसहित अन्तर्गतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शिक्षण संस्था लगायत सम्पूर्ण सरकारी कार्यालयहरूमा शोक बिदा दिइएको जानकारी गराइएको छ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलद्वारा जारी सूचनामा स्व. परियारको निधनले गाउँपालिकाले एक सक्रिय, इमानदार र जिम्मेवार जनप्रतिनिधि गुमाएको उल्लेख गरिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
