• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
मावि रझेनाको ६८औँ वार्षिकोत्सव सम्पन्न




घोराही । श्री माध्यमिक विद्यालय रझेना, घोराही दाङले आफ्नो ६८औँ वार्षिक उत्सव समारोह औपचारिक तथा भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको स्वीकृत वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको उक्त समारोह घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भरतमणि अर्याल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक लालमणि आचार्य, पूर्व प्रधानाध्यापक उद्वव न्यौपानेसहित शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।

वार्षिक उत्सव समारोहको अवसरमा शैक्षिक सत्रभरि सञ्चालन गरिएका विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडी विद्यार्थीहरू, वार्षिक परीक्षामा उच्चतम नतिजा हासिल गरी प्रथम स्थान प्राप्त गर्ने छात्र-छात्राहरु तथा अनुशासन, नेतृत्व र समग्र व्यक्तित्व विकासमा उत्कृष्ट ठहरिएका विद्यार्थीहरूलाई विधिवत रूपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, विद्यालयमा लामो समयदेखि निरन्तर, इमानदार र समर्पित सेवा प्रदान गर्दै आएका शिक्षक–शिक्षिकालाई सम्मान गर्दै उहाँहरूको शैक्षिक योगदानको कदर गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी एवम् शिक्षिकाहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य र प्रस्तुतिहरूले समारोहलाई थप गरिमामय बनाएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थीको सर्वाङ्गीण विकास तथा सार्वजनिक विद्यालयको सुदृढीकरणका लागि स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

विद्यालयका प्रधानाध्यापक लालमणि आचार्यले, “वार्षिक उत्सवले विद्यार्थीको प्रतिभा पहिचान, अनुशासन प्रवर्द्धन र सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता शैक्षिक तथा सह-शैक्षिक गतिविधि निरन्तर रूपमा सञ्चालन गरिने बताउनु भएको थियो।”

Facebook Comments