• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फोटोग्राफर एसोसिएसनको अध्यक्षमा न्यौपाने




दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १७ औँ साधारणसभा तथा ९ औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै सर्वसहमत रूपमा कार्यसमिति निर्वाचित गरेको छ।

अधिवेशनबाट लक्ष्मण न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। उपाध्यक्षमा डिल्लीराम पोख्रेल, हुमबहादुर रेग्मी र मनिराम वेलबासे निर्वाचित भएका छन्। यस्तै, यामबहादुर आर.सी. महासचिवमा चयन भएका छन् भने गैरिकुमार चौधरी सचिव र जीवराज भट्टराई कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्।

कार्यसमितिका सदस्यहरूमा अनुप चौधरी, प्रेम चौधरी, सन्तोष चौधरी, रामप्रसाद भुषाल, रोशन चौधरी, भोला चौधरी र हरिहर न्यौपाने निर्वाचित भएका छन्।

अधिवेशनको उद्घाटन सत्र दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख अतिथिमा भएको थिए।

Facebook Comments