काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
शुक्रबार अर्घाखाँचीको सितगंगास्थित जनकम्युनमा प्रहरीले छापा मारेको विरोधमा सो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको हो।
शनिबार बसेको उक्त पार्टीको स्थायी कमिटी बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको हो । संघर्षका कार्यक्रम अन्तर्गत पुस १२ गते बलुका देशव्यापी मसाल जुलुस, १३ गते देशभर कोणसभा, १४ गते विरोध प्रदर्शन र १५ गते काठमाडौँमा अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने जनाइएको छ ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
