• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ज्योतिष परिषद नेपाल दाङद्वारा शंख वादन प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न




दाङ । ज्योतिष परिषद नेपाल दाङ जिल्ला तदर्थ समितिको आयोजनामा शंख वादन प्रशिक्षण, प्रमाणपत्र वितरण तथा प्रदेश विस्तार कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम परिषदका जिल्ला उपाध्यक्ष डा. बद्री प्रसाद गौतमको अध्यक्षता तथा संस्कृतिविद् डा. भोलानाथ योगीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि डा. योगीले शंख आकाशको स्वरूप भएको र पञ्चतत्वसँग सम्बन्धित रहेको उल्लेख गर्दै दैनिक रूपमा घरमा शंख बजाउँदा लक्ष्मी प्रसन्न हुने तथा रोगजन्य भाइरसहरू नष्ट हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा प्राध्यापक मनोज भण्डारीले शंखको महत्व र प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो भने शंख कसरी बजाउने भन्ने व्यावहारिक प्रशिक्षण श्रीनारायण खनालले दिनुभएको थियो।
त्यसैगरी कार्यक्रममा ज्योतिष परिषद नेपालका केन्द्रीय अध्यक्ष मेघराज आचार्य (तुफान), महासचिव केशब गौतम, उप–प्राध्यापक नारायण भण्डारी, डा. हरि प्रसाद घिमिरे, प्रदेश अध्यक्ष कपिलदेव सुवेदी, टंक प्रसाद देवकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

परिषदका जिल्ला सदस्य पिताम्बर रिजालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव वाल्मीकि देवकोटाले गर्नुभएको थियो। कार्यक्रममा अनलाइन माध्यमबाट सञ्चालन गरिएको छ महिनाको ज्योतिष कोर्स उत्तीर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

Facebook Comments