• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
फ्रेन्ड्स वेल फेयर फण्डद्वारा पत्रकारसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न




घोराही । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको पाँचौँ साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासँग आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

नवलपुर खेल मैदानमा सम्पन्न प्रतियोगितामा फ्रेन्ड्स वेल फेयर फण्डको टिमले पत्रकारको टिमलाई ५–२ गोल अन्तरले पराजित गर्दै विजय हासिल गरेको हो।

प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष सुवेदीले सामाजिक संस्थाहरूबीचको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको प्रशंसा गर्नुभयो। उहाँले जुन उद्देश्यले संस्था स्थापना गरिएको हो, त्यस उद्देश्य प्राप्तिमा निरन्तर अग्रसर रहन शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष सुवेदीले खेलकुदले स्वास्थ्य, मित्रता र सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो।

फ्रेन्ड्स वेल फेयर फण्डका अध्यक्ष नवीन कुमार वलीले संस्थाको पाँचौँ साधारणसभालाई खेलकुदमार्फत थप अर्थपूर्ण बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले देशको चौथो अंग पत्रकारसँग खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढ गर्दै सहकार्य र एकताको भावना विकास हुने विश्वास व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष नबिक कुमार अलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य गणेश पौडेलले राख्नुभएको थियो भने कार्यक्रम सहजीकरण सनम शर्माले गर्नुभएको थियो।

Facebook Comments