दाङ । दाङ युवा क्लबको आयोजनामा तथा दाङ क्रीकेट संघको प्राविधिक सहयोगमा हुन लागेको पवित्रादेवी स्मृति क्रिकेट प्रतियोगिता–२०८२ को ट्रफी बिहीबार सार्वजनिक गरिएको छ। प्रतियोगिताको मुख्य प्रायोजक लक्स फेशन वेयर रहेको आयोजकले जानकारी दिएको छ।

दाङ युवा क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार प्रतियोगितामा दाङ जिल्लाका ८ वटा टिम सहभागी हुनेछन्। प्रतियोगिता २ समूहमा विभाजन गरी सञ्चालन गरिनेछ।
समूह ‘ए’ मा पुरन्धरा च्यालेन्जर्स, घोराही क्रिकेट एकेडेमी, भ्याली जुनियर क्रिकेट क्लब र तुलसीपुर स्पोर्ट्स एकेडेमी रहेका छन्।
त्यसैगरी समूह ‘बी’ मा एजाइन क्रिकेट क्लब, घोराही टाइगर्स, देउखुरी वारियर्स र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब रहेका छन्।
खेल तालिका सार्वजनिक
सार्वजनिक खेल तालिकाअनुसार प्रतियोगिताको पहिलो दिन पुरन्धरा च्यालेन्जर्स र तुलसीपुर स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछ।
दोस्रो दिन एजाइन क्रिकेट क्लब र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तथा घोराही क्रिकेट एकेडेमी र भ्याली जुनियर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ।
तेस्रो दिन घोराही टाइगर्स र देउखुरी वारियर्स तथा पुरन्धरा च्यालेन्जर्स र भ्याली जुनियर क्रिकेट क्लबबीच खेल हुनेछ।
चौथो दिन एजाइन क्रिकेट क्लब र देउखुरी वारियर्स तथा घोराही क्रिकेट एकेडेमी र तुलसीपुर स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछन्।
पाँचौँ दिन घोराही टाइगर्स र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लब तथा पुरन्धरा च्यालेन्जर्स र घोराही क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ।
छैटौँ दिन एजाइन क्रिकेट क्लब र घोराही टाइगर्स तथा तुलसीपुर स्पोर्ट्स एकेडेमी र भ्याली जुनियर क्रिकेट क्लब आमनेसामने हुनेछन्।
सातौँ दिन देउखुरी वारियर्स र श्री त्रिशिद्धेश्वरी स्पोर्ट्स क्लबबीच खेल हुनेछ।
प्रतियोगिता पुस १३ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सञ्चालन हुने छ।
क्लबका कोषाध्यक्ष शर्माका अनुसार प्रतियोगिताको विजेता टिमले नगद १ लाख रुपैयाँ तथा उपविजेता टिमले ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
