घोराही । फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीको पाँचौँ साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ दाङ शाखासँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आयोजकका अनुसार प्रतियोगिता मिति २०८२ साल पुस १० गते, नवलपुर खेल मैदानमा दिनको १ बजेदेखि सुरु हुनेछ ।
फ्रेन्ड्स वेल फेयर फण्ड घोराहीका अध्यक्ष नवीन कुमार वलीले संस्थाको पाँचौँ साधारणसभालाई खेलकुदमार्फत थप अर्थपूर्ण बनाउने उद्देश्यले मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले यस्ता खेलकुद गतिविधिले आपसी सम्बन्ध सुदृढ गर्नुका साथै सहकार्य र एकताको भावना बढाउने विश्वास व्यक्त गरे ।
त्यस्तै, संस्थाका सचिव पुरन शोती मगरले पत्रकार र सामाजिक संस्थाबीचको सम्बन्धलाई अझ मजबुत बनाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले खेलकुदले स्वास्थ्य, मित्रता र सकारात्मक सन्देश प्रवाह गर्ने भएकाले यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको बताए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
