दाङ । पवित्रादेवि स्मृति क्रिकेट प्रतियोगिताको इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स रहेको छ । घोराहीमा आयोजना हुने पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता–२०८२ को इन्स्योरेन्स पार्टनरमा नेको इन्स्योरेन्स रहने भएको हाे ।
प्रतियोगिताको आयोजक दाङ युवा क्लब र नेको इन्स्योरेन्स बीच इन्स्योरेन्सका रूपमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता सोमबार भएको हो ।पवित्रादेवी स्मृति टि–२० क्रिकेट प्रतियोगिता यही पुस १३ गतेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित गुलरिया क्रिकेट मैदानमा सञ्चालन हुदैछ ।
आयोजक दाङ युवा क्लबका कोषाध्यक्ष सुजित शर्माका अनुसार प्रतियोगिताको विजेता टिमले नगद एक लाख र उपबिजेताले ५० हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
