• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नागरिकलाई गलत सूचनाबाट जोगाऔं : पोख्रेल




रामपुर(पाल्पा) । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष तथा सल्लाहकार विपुल पोख्रेलले नागरिकलाई गलत सूचनावाट जोगाउनका लागि पत्रकारहरु थप जिम्मेबार हुनपर्ने बताएका छन् ।

इन्टरनेटको विकाससंगै सञ्चारका माध्यमहरुको उपस्थिति बढेको भएपनि ति माध्यमबाट पत्रकारिता भैरहेको छ कि छैन भन्ने बिषयमा भने गंभिर प्रश्न उठिरहेको उनले बताए । ‘माध्यमहरुको उपलब्धता स्वागतयोग्य छ, तर ति माध्यमबाट पत्रकारिताका आधारभूत मान्यतामा आधारित भएर सामग्री प्रवाह भैरहेका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण हो’ उनले भने, ‘यस्तोबेलामा पत्रकारहरुले सही र तथ्यमा आधिरित सूचना प्रवाहगरी नागरिकलाई गलत सूचनाबाट जोगाउनु पर्छ ।’

पाल्पाको रामपुरका पत्रकारहरुसंग कुरा गर्दै पोख्रेलले मिडिया साक्षरताको अभियान आबश्यक भएको पनि बताए । ‘समाचार के हो ? पत्रकारिता कसरी गरिन्छ ? भन्ने कुरा पनि सञ्चारका उपभोक्ताहरुलाई पनि थाहा हुनुपर्छ’ उनले भने, ‘त्यसका लागि पत्रकारहरुको संस्थाले मिडिया साक्षरताको अभियान नै सञ्चालन गर्नुपर्छ ।’

उनले सिमित स्रोतसाधनका बिचमा पनि नेपालका दूर्गम स्थानका पत्रकारहरुले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको पनि प्रशंसा गरे । ‘पत्रकारिता कर्म जति व्यबस्थित हुन्छ, समाजमा त्यति नै अन्तरक्रिया हुन्छ’ उनले भने, ‘समाजलाई अन्तरक्रियात्मक बनाउँदै लोकतन्त्रलाई मजबुँद गराउने कुरामा नेपालका दूर्गम भेगका पत्रकारले समेत महत्वपूर्ण भूमिका खेलेका छन् ।’

Facebook Comments