मधुसुदन गिरी
कमिरेचौर। सिटिजन बैङ्क बंगलाचुली शाखाले ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बंगलचाचुली गाउँपालिका वडा नम्बर ५ मा अवस्थित सुधा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा(स्विटर) वितरण गरेको हो ।उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्मका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको सिटिजन बैङ्क बंगलाचुलीका शाखा प्रवन्धक सन्तोष कुमार श्रेष्ठले जानकारी दिनुभएको हो ।
सुधा माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एनुराज खत्रीको अध्यक्षता तथा बंगलाचुली गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य डम्बर बहादुर बैजाली पुन मगरको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमको आयोजना गरी कपडा वितरण गरिएको हो । चिसोको समयमा विद्यार्थीलाई समस्या नहोस भन्ने उदेश्यले बैङ्कले बर्षेनी गर्दै आइरहेको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो कार्यक्रमलाई प्राथमिकता दिएको शाखा प्रवन्धक श्रेष्ठले जानकारी दिनुभयो ।विद्यालयका प्रधानाध्यापक डिल्लिकान्त आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षिका बबिता पुनले गर्नुभएको थियो ।सो अवसरमा बैङ्कका कर्मचारी हेमराज बिक र गोपाल कुमइको उपस्थिती रहेको थियो ।
कुनै संस्था, कम्पनी वा बैंकले नाफा कमाउने मात्र उद्देश्य नराखी समाज, वातावरण र समुदायको हितका लागि स्वेच्छिक रूपमा गर्ने जिम्मेवार र दीर्घकालीन सामाजिक कार्यहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व भन्ने गरिन्छ । समाजको दिगो विकासमा योगदान पुर्याउनु, संस्था र समाजबीच सकारात्मक सम्बन्ध बनाउनु , वातावरण संरक्षणमा सहयोग गर्नु, संस्थाको सामाजिक छवि र विश्वास बढाउनु सो कार्यक्रमको मुख्य उदेश्य रहेको शाखा प्रवन्धक श्रेष्टले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
