• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुरस्कार रकमबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण




मधुसूदन गिरी
कमिरेचौर । छैठौं बंगलाचुली कपमा क्रिकेटतर्फ बिजेता टिम वडा नम्बर ३ ले श्री महेन्द्र नमूना मावि श्रीवारीमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सोमबार शैक्षिक सामग्री वितरण गरेको छ । शैक्षिक सामग्री अन्तर्गत कापि र कलम वितरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरु शिक्षा लिनबाट बञ्चित नहुन भन्ने उदेश्यले उपाधि जितेको थोरै रकमबाट शैक्षिक सामग्री वितरण गरिएको टिमका प्रशिक्षक पुनाराम खत्रीले जानकारी दिनुभयो । वडा नम्बर ३ का खेलाडी खुमान महरा र श्रीधर घर्तीले टिमको तर्फबाट शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

साथै विद्यालयले प्रत्येक शुक्रबार आयोजना गर्ने शुक्रबारीय अतिरिक्त क्रियाकलापको पुरस्कार समेत वितरण गरेको छ । खेलकुदमा प्राप्त गरेको पुरस्कार यसरी विद्यालयमा आर्थिक अवस्था न्युन रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु रचनात्मक काम भएको विद्यालयका प्रधानाध्यापक तिलक वलीले बताउनुभयो ।

साथै, आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको समेत उहाँले बताउनुभयो ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर फखड्काको अध्यक्षतामा एक कार्यक्रम गरी शैक्षिक सामग्री र पुरस्कार प्रदान गरिएको हो ।

Facebook Comments