होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले उपभोक्ता समितिका पदाधिकारीलाई योजना सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को योजना सम्झौता कार्यक्रम वडा नम्बर ३ जवान कार्यालयबाट सुरु गरेको हो ।
योजना सम्झौतासम्बन्धी अभिमुखीकरण कार्यक्रम गत वर्ष वडास्तरमा गएर गरिएता पनि वडास्तरबाट योजना सम्झौता गरिएको यो पहिलो अभ्यास हो। योजना सम्झौता पालिकामा उपभोक्ता समिति पदाधिकारीहरू आएर गर्नुपर्ने भएपनि पदाधिकारीहरू सम्झौता गर्न आउँदा आवश्यक प्रक्रिया नपुर्याएर आउने गरेकोले पटकपटक आउँदा दुःख पाउने हुँदा उपभोक्ता समितिलाई सहजताको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन तथा वडास्तरमै पुगेर सम्झौताको काम सुरु गरिएको हो। वडा नम्बर ३ मा स्थलगत रूपमा पुगेर १६ वटा योजना सम्झौता गरिएको छ ।
यस्तै योजना सम्झौता सम्बन्धी अभिमुखीकरण कार्यक्रम वडा नम्बर २ मा यही पुसको २ गते गरिने भएको छ । यसैगरी नौ वटै वडामा उक्त अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको गाउँपालिकाले जानकारी गराएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
