• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु




भालुबाङ । दाङको राप्ती गाउँपालिकामा सरसफाइ तथा व्यवस्थापन अभियान सुरु गरिएको छ। राप्ती गाउँपालिका–२, पुन्यपुरस्थित सरसफाइ व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीपछि उत्पन्न अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय तथा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आइतबारदेखि अभियान थालिएको हो।

आगलागीका कारण केन्द्रभित्रका संरचना तथा उपकरण क्षतिग्रस्त भई फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेपछि केन्द्रलाई तत्काल सामान्य अवस्थामा ल्याउन विशेष अभियान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो।

अभियानमा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकसहित ९ वटै वडाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, सुरक्षाकर्मी, विभिन्न संघ–संस्था तथा सराेकारवालाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूले केन्द्र परिसरको सरसफाइ, जलेका सामग्री छुट्याउने, सुरक्षित रूपमा फोहर व्यवस्थापन गर्ने तथा जोखिमयुक्त क्षेत्रको व्यवस्थापन कार्य गरिरहेका छन्।

गाउँपालिकाका अनुसार अभियानको मुख्य उद्देश्य आगलागीपछिको अवस्थालाई व्यवस्थित गर्दै वातावरणीय प्रदूषण नियन्त्रण गर्नु र फोहर व्यवस्थापन केन्द्रलाई नियमित सञ्चालनमा ल्याउनु हो। साथै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने र नियमित अनुगमनलाई प्राथमिकता दिइने बताइएको छ।

राप्ती गाउँपालिकाले सरसफाइ तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिँदै स्थानीय तहमा सफा, स्वच्छ र सुरक्षित वातावरण निर्माणका लागि सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरेको छ।

Facebook Comments