अमृत प्रसाद शर्मा
तुलसीपुर । पतन्जली यो समिति मुना साधना केन्द्र तुलसीपुर १५ मलवारको आयोजना तथा पतन्जली योग समिति दाङ जिल्लाको अभिभाकत्वमा योग जागरण कार्यक्रम मुना साधना केन्द्र मलवारमा सम्पन्न भएको छ ।
योग प्रति सवैलाई जागरण गर्दै स्वस्थ समाज निर्माण संगै निरोगी शरिर बनाउनका लागि मानिसको जिवनमा योग अपरिहार्य रहेको पतन्जली योग लुम्बिनी प्रदेश प्रशिक्षण बिभाग प्रमुख दिपक बस्यालले बताएका थिए । “गोवर गहुँत खेतमा, शुद्ध अन्न पेटमा, गरौ योग रहौ निरोग, जस्तो अन्न उस्तै मन” लगाएतका प्ले कार्ड, थारु नाच झाकी, ब्यानर र राष्ट्रिय झण्डा सहित कार्यक्रम स्थलवाट निस्किएको र्यालीले मलवार गाउँ परिक्रमा गरी कार्यक्रम स्थलमा पुगी योग जागरण कार्यक्रममा परिनत भएको थियो ।
संयौ संख्यामा योग प्रति रुची राख्ने योग साधक तथा साधिकाहरुको उपस्थितिमा भब्य समारोहका बिच योग जागरण कार्यक्रम समापन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीले योगले शारिरिक स्वस्थता संगै मानसिक स्वस्थतामा पनि फाइदा गर्ने बताएका थिए । आफु पनि योगमा समावेश भएको र योगले आफ्नो जिबन शैली पनि परिवर्तन गरेको बताएका थिए ।
रोग लागि सकेपछि योगमा जोडिनु भन्दा योगमा जोडिएर रोग लाग्न नदिने कुरामा जोड दिदै अध्यक्ष चौधरीले साधना लागि आफ्नै भवन निर्माणका लागि जग्गा खोजीमा पहल गरिहेका बताएका थिए । कार्यक्रममा दाङ जिल्ला भरीका प्रशिक्षक तथा प्रभारीहरुको उपस्थिति रहेको थियो । पतन्जली योग समिति दाङका अध्यक्ष बिनोद चौधरीको सभापित्वमा तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष लक्ष्मण चौधरीको प्रमुख आतिथ्यता मा भएको बृहत योग जागरण कार्यक्रममा समापन गरीएको हो ।
कार्यक्रमा इलाका प्रहरी कार्यालय मलवारका प्रमुख जंग बहादुर महत, लुम्बिनी प्रदेश सोसल मिडिया प्रभारी अञ्जु रेग्मी न्यौपाने, प्रभारी डा. अरुण कुमार श्रेष्ठ, रामपुर योग साधना केन्द्र घोराहीका अध्यक्ष मिन बहादुर थापा, मुख्य केन्द्रिय प्रभारी लवदेब मिश्र, युवा नेपाल समितिका सह प्रभारी याम बहादुर खत्री, पतन्जली महिला योग समितिकी सिला भट्टराई लगाएतले योग बारे आ-आफ्नो धारणा राखेका थिए ।
साधना केन्द्रकी अध्यक्ष गिता न्यौपानेको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला उपाध्यक्ष केत नारायण आचार्यले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
