• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल तुलसीपुरमा कथा लेखन प्रशिक्षण तथा बाचन कार्यक्रम सम्पन्न




तुलसीपुर । गुरुकुल एकेडेमी तुलसीपुरमा तीनदिने कथा लेखन प्रशिक्षण तथा बाचन कार्यक्रम एक विशेष समारोहका बीच बिहीबार  सम्पन्न भएको छ। विद्यार्थीहरूको कल्पनाशक्ति, चिन्तन क्षमता र रचनात्मक सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो।

कार्यशालामा एक सय ५० भन्दा बढी बालकथा प्रकाशित गरिसक्नुभएका चर्चित बालकथाकार विजयराज आचार्यले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँले कथाको ढाँचा, कथा निर्माणका चरण, भाषा–शैली, भाव अभिव्यक्ति लगायतका पक्षमा विद्यार्थीहरूलाई व्यावहारिक अभ्यासमार्फत दक्षता विकास गराउनुभयो। आचार्यले विद्यालयमा यति उत्साही र सिर्जनशील बालबालिका पाउनु आफूका लागि प्रेरणादायी भएको बताउनुभयो ।

तीन दिनसम्म चलेको कार्यशालामा सात, आठ र नौ कक्षाका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यशालाबाट सिर्जित कथाहरू समापन समारोहमै विद्यार्थीहरूले आत्मविश्वासका साथ बाचन गरे, जसले उपस्थित पाहुना, शिक्षक तथा अभिभावकहरूलाई प्रभावित बनाएको थियो ।

कार्यक्रमका तुलसीपुर उपमहानगरपालिका–६ का वडाध्यक्ष दुजमान भण्डारीले विद्यालयको यो पहल प्रशंसनीय रहेको बताउँदै साहित्यले बालबालिकाको मानसिक विकासमा ठूलो योगदान गर्ने उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो “विद्यार्थीहरू मोबाइल र डिजिटल उपकरणतिर आकर्षित भइरहेकाबेला गुरुकुल एकेडेमीले उनीहरूलाई लेखनजस्ता सिर्जनशील प्रवृत्तितर्फ मोड्नु अत्यन्त प्रशंसनीय काम हो। साहित्य पढ्ने र लेख्ने बालबालिका भविष्यमा जिम्मेवार, संवेदनशील र समाजप्रति उत्तरदायी नागरिक बन्नेछन्। विद्यालयले निरन्तर यस्ता कार्यक्रम ल्याउनुपर्छ, वडाबाट सबै प्रकारको सहयोग गर्न तयार छौँ।”

समापन समारोह विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो, भने कार्यक्रमको सञ्चालन विद्यालयमै अध्ययनरत कक्षा आठका छात्र करण विष्टले गरेका गर्नुभएको थियो ।

विद्यालयले यस्ता सिर्जनशील र सीपमूलक कार्यक्रमले विद्यार्थीहरूलाई अभिव्यक्ति, विश्लेषण र लेखन क्षमतामा दृढ बनाउने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता कार्यक्रम विस्तार गर्ने विद्यालयको तयारी रहेको जनाएको छ।

Facebook Comments