• ४ माघ २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा खुल्ला महिला म्याराथन प्रतियोगिता सम्पन्न : निरमाया चौधरी प्रथम




तुलबहादुर कवँर मगर
मसुरिया, २४ मंसिर। दाङको राप्ती गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसर पारेर बुधबार खुल्ला महिला म्याराथन (दौड) प्रतियोगिता सम्पन्न गरेको छ।

“प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित आयोजित प्रतियोगितामा निरमाया चौधरी प्रथम, रिमा चौधरी द्वितीय र अन्जु सार्की तृतीय हुनुभएको छ। त्यस्तै जमुना क्षेत्री र आकृति चौधरी सान्त्वना हुनुभएको छ।

विजेताहरूलाई क्रमशः १४ हजार, १२ हजार, १० हजार र ४ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाकाे वडा नम्बर ७ मिलनचोकदेखि वडा नम्बर ३ बसन्तापुरसम्म करिब ४ किलोमिटर दूरीमा सञ्चालन भएको प्रतियोगितामा ७६ जनाले प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिला सशक्तीकरण, शारीरिक तन्दुरुस्ती तथा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयाे। उहाँले सामूहिक एकताबाट मात्र लैङ्गिक हिंसा अन्त्य हुनसक्ने उल्लेख गर्दै, सामाजिक सञ्जालको दुरुपयोगले पनि महिला हिंसा बढिरहेको भन्दै सचेत रहन आग्रह गर्नुभयाे।

त्यसैगरी उपाध्यक्ष कमलापति चौधरीले १६ दिने अभियान सञ्चालन गरेर मात्रै लैङ्गिक हिंसा अन्त्य नहुने उल्लेख गर्दै यसका लागि सबैको सामूहिक प्रयास आवश्यक पर्ने बताउनुभयाे। उहाँले पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानकाे अवसरमा गाउँपालिकाले प्रत्येक वर्ष विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयाे।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, कर्मचारी, प्रहरीसहित स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

Facebook Comments