• १० जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा निःशुल्क आँखा शिविर, सेवाग्राहीको उत्साहजनक सहभागिता




दाङ  । दाङको चुलाचुली गाउँपालिकामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ। नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंजद्वारा संचालित लमही आँखा अस्पतालले निःशुल्क आँखा उपचार शिविर सम्पन्न गरेको हाे ।

नेपाल सरकारको सहयोगमा आयोजना गरिएको उक्त शिविरमा बंगलाचुली गाउँपालिकाका  स्थानीय वृद्ध–वृद्धीसहित विभिन्न उमेरका नागरिकहरूले उल्लेखनीय रूपमा आँखा स्वास्थ्य सेवा लिएका थिए ।

शिविरमा मोतिबिन्दुसहितका जटिल दृष्टि समस्या पहिचान, प्रारम्भिक जाँच तथा आवश्यक परामर्श प्रदान गरिएको थियो ।
शिविरमा ४ सय ५० जनाकाे आँखा जाच गरिएको थियो । जसमा ६३ जनामा आँखाकाे समस्या भेटिएको थियो भने ।४३ जनाकाे आँखाकाे सल्यक्रिया गरिएको छ ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षता एवं लमहि आँखा अस्पतालका प्रमुख प्राध्यापक डाक्टर प्रदिप वास्ताेलाकाे प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन गरिएको थियो। उक्त कार्यक्रममा  बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्मा ,बंगलाचुली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपबहादुर केसी,लमही आँखा अस्पतालका प्रशासन शाखा प्रमुख टेकबहादुर चौधरी, आँखा बाह्य कार्यक्रम संयोजक बिमल घिमिरे लगाएको सहभागीता रहेकाे थियोे ।
गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगरले आँखा जस्तो संवेदनशील अङ्गलाई बचाउन सके सिङ्गो संसार देख्न सकिने बताउनुभयो ।

उहाँले  शिविर सम्पूर्ण समूदायलाई पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको बताउनु भयाे । अध्यक्ष पुनले भन्नुभयो ,”  नागरिकलाई आँखा उपचार सुविधा स्थानीयस्तरमै पुर्‍याउनु नै हाम्रो लक्ष्य हो ।”
शिविरमा आएका अधिकांश सेवाग्राहीहरूले प्रदान गरिएको सेवाप्रति सन्तोष व्यक्त गर्दै नियमित रूपमा यस्ता कार्यक्रम निरन्तर गर्न आग्रह गरेका छन् ।

विशेष गरी वृद्ध नागरिकका लागि आँखा उपचार अत्यन्त महत्त्वपूर्ण भएकाले निःशुल्क जाँचले ठूलो राहत मिलेको उनीहरूको प्रतिक्रिया थियो ।

Facebook Comments