घोराही । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनको १३ औं औपन्यासिक कृति ‘नयाँ लुगा’ को विमोचन गरिएको छ । राप्ती साहित्य परिषद्, दाङ शाखाको आयोजनामा बिहीबार घोराहीस्थित नेपाल पत्रकार महाङ्घको सभाहालमा प्रियासनको १३ औं औपन्यासिक कृति ‘नयाँ लुगा’ को विमोचन गरिएको हो ।
राप्ती साहित्य परिषद्, दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उपन्यास विमोचन कार्यक्रममा परिष्दका पूर्व अध्यक्ष एवं सल्लाहकार पुरुषोत्तम खनालले १३ औं औपन्यासिक कृति ‘नयाँ लुगा’ को विमोचन गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष खनालले उपन्यासप्रति प्रियासमा भएको प्रतिभा, सोच र लगानी स्वागत योग्य भएको कु्रामा जोडदिँदै यो प्रतिभालाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रतिभालाई निरन्तरता दिँदै उपन्यास लेख्दा हिजोको भन्दा आज र आजको भन्दा भोलि फरक बनाउँदै नयाँ सोच र विचारबाट जानुपर्ने समेत बताउनुभयो । उपन्यासमा प्रेममात्र सिमित नभएर उपन्यासभित्र दर्शन, व्यवहार, शिक्षा आउँनुपर्ने र त्यसले समाजलाई चेतना दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै उपन्यासकार सविन प्रियासनले ‘नयाँ लुगा’ बाल उपन्यास भएको कुरामा जोड दिँदै यस उपन्यासमा प्रायः बालबालिकाहरुको गतिविधिलाई समेटिएको बताउनुभयो । उहाँले उपन्यासभित्र सबै कुरा समेटिएका भएपनि बालबालिकाहरुमा आधारित काल्पनिक बाल कथाहरुलाई जोड दिएको समेत बताउनुभयो । उपन्यासभित्रबाटै देश कस्तो बनाउने भन्ने विषयवस्तु दिएको र आत्मनिर्भर अर्थतन्त्र नभएसम्म देशले मुहार नफेर्ने उहाँको भनाइ थियो ।
सो अवसरमा २० वर्ष हु्ँदा विद्यालयको प्रधानाध्यापक भएर कुसलतापूर्वक जिम्मेवारी सम्हाल्नु भएकी रक्षा कुमारी यादव र घोराही– १० नारायणपुरस्थित सिद्दरत्ननाथ माविमा प्लसटु अध्ययन गरेर एमबिबिएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नुभएकी रोशनी घर्ती मगरलाई विशेष अभिनन्दन गरिएको थियो ।
कार्यक्रमका राप्ती साहित्य परिष्दका पदमप्रसाद शर्मा, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष डा. सुदीप गौतम, सम्मानित हुने रक्षाकुमारी यादव र रोशनी घर्ती मगरले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
शुरेश कुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन परिषद्का सचिव घनश्याम केसी गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
