• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बंगलाचुलीमा टिप्पर सञ्चालन अनिश्चितकालीन रुपमा बन्द




मधुसुदन गिरी
कमिरेचौर । मंसिर १५ गतेसम्मको अल्टिमेटममा छलफलमा नआएपछि टिप्पर सञ्चालन अनिश्चितकालीन रुपमा बन्द गरिएको छ । दाङको बंगलाचुली गाउँपालिकामा गुड्ने टिप्परहरु र सिमेन्ट उद्योगहरुले नियमको पालना नगरेको भन्दै स्थानीयले गाउँपालिका र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउदा समेत अटेरी गरेको भन्दै स्थानीयले हिजो मंसिर १५ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

सो समयमा सिमेन्ट उद्योगहरु टिप्पर व्यावसायि समितिहरु छलफलमा नआएपछि टिप्पर सञ्चालन अनिश्चितकालीन बन्द गर्ने निर्णय गरिएको स्थानिय अगुवा भेगराज डाँगीले जानकारी दिनुभयो । कच्चा पदार्थ बोक्ने टिप्परहरु निर्धारित समय बाहेक अरु समयमा समेत गुड्ने गरेको तथा ओभरलोड तथा ओभर स्पिड गुड्ने गरेको स्थानीयको आरोप रहेको छ ।

बंगलाचुली गाउँपालिकाभित्र पर्ने सडक पुर्ण रुपमा कालोपत्रे, कालोपत्रे भइसकेको सडकमा परेको खाल्डाखुल्डीहरु पुर्ने, निर्धारित समयमा मात्रै टिप्पर गुड्ने र ओभरलोड र ओभर स्पिडलाई नियन्त्रण नगरेको स्थानियको आरोप छ । सो मागहरू पूरा नहुदासम्म टिप्पर सञ्चालनमा रोक लगाइने बताइएको छ ।

केही समय अघि बंगलाचुली गाउँपालिका र वडा नम्बर ३ र ४ को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

बंगलाचुली गाउँपालिका, जिल्ला प्रशासन कार्याल दाङ र जिल्ला प्रहरी कार्यालाय, व्यवसायी लगाएतको सहभागीतामा बसेको बैठकले टिप्परहरुको लागि बिहान ९ बजेदेखि ११ बजे सम्म र दिउसो ३ बजेदेखि ५ बजेसम्म टिप्पर सञ्चालनमा रोक लागाउने निर्णय गरेको थियो ।

Facebook Comments