दाङ । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपालमा पहिलो पटक स्थापना भएको ‘गोरखा पत्र एकडेमी’ले नेपाली पत्रकार र पत्रकारीता क्षेत्र लाभान्वीत हुने बिश्वास व्यक्त गरेका छन् । गोरखापत्र संस्थानले नेपालमा पहिलो पटक ‘गोरखा पत्र एकेडेमी’ स्थापना गरेको छ । यो एकेडेमीले पत्रकारीता क्षेत्रलाई लाभान्वीत गर्ने विश्वास व्यक्त गर्दै पोख्रेलले भने ‘प्रयास गरे परिणाम आउँदो रहेछ ।’ महासंघको आफ्नो अध्यक्ष कार्यकालमा पोख्रेलले सरकारसंग आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लागि लामो समय प्रयास गरेका थिए ।
तर पत्रकारहरुलाई प्रशिक्षित हुने वातावरण निर्माण गर्न राज्यले चासो नदिएको उल्लेख गर्दै पोख्रेलले गोरखापत्र संस्थानले स्थापना गरेको एकेडेमी देशका सबै पत्रकारहरुको हित अनुकुल भएको उल्लेख गरे । ‘नेपाल पत्रकार महासंघले पत्रकारहरु र पत्रकारीतामा प्रवेश गर्नेहरुको क्षमता अभिवृद्धि गर्नेगरि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्नका लागि राज्यसंग लामो समय देखि माग गर्दै आएको थियो,तर राज्यले सुनेन,’ पोख्रेलले भने ‘गोरखापत्र संस्थानले पत्रकारहरुलाई प्रशिक्षित हुने र अनुसन्धान कार्य गर्ने अवसर प्रदान गरेको खवर सम्पूर्ण पत्रकारहरुका लागि सुखद हो ।’ यो एकेडेमीले पत्रकारहरुलाई तालिम,प्रशिक्षण, पत्रकारीता क्षेत्रसंग सम्बन्धीत अनुसन्धान कार्य गर्नेछ ।
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका लापग लामो समय सम्म राज्यसंग अनुरोध गरेका पोख्रेलले आफ्नो अध्यक्ष कार्यकालमै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीलाई सुझाव समेत दिँदै आएका थिए । उनले यो कार्यको प्ररम्भ गरेकोमा संस्थानका अध्यक्ष ऐरीलाई धन्यवाद समेत दिएका छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
