गिरिराज नेपाली
क्वाडी, १४ मंसिर । प्राथामिक विद्यालय क्वाडीको शैक्षिक तथा भौतिक पूर्वाधार विकासका संचालन गरेको श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञानमहायज्ञमा स्थानीयहरु मात्रै होईन, विद्यालयको विकासकका लागि रोजगारीको शिलशिलामा परदेशमा रहेका स्थानीयहरुले उत्साहका साथ महायज्ञको दानमा दान थपिरहेका छन् ।
रोजगारका लागि परदेश पुुगेका स्थानीय युवा युवतीहरुले विद्यालय निर्माणको पवित्र कार्यलाई खुुसीका साथ परदेशबाट शुुभेच्छाको सन्देश सहित दान गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १७ पचुुर्खा निवासी हाल रोजगार शिलशिलामा युकेमा रहनुुभएका लिलाधर कवर मगरले आफ्ना आफन्त र घरपरिवार साथमा सन्देश सहित नगद एकलाख एघार हजार एकसय ११ रुपैयाँ दान पुु¥याउनुुभएको हो । रोजगारका शिलशिलामा केही वर्षअघि मात्रै परदेश पुुगेका मगरले गाउँका बालबालिकाहरुको सुन्दर भविष्य निर्माणको संकल्प सहित विद्यालय परिवारले स्थानीयहरुले संचालन गरेको महायज्ञमा आफन्त मार्फत दान र सन्देश पुु¥याउदै विद्यालयको विकास लागि परदेशबाट दान पुु¥याएको महायज्ञ संचालन समितिका निर्देशक श्रीधर शर्मा पौडेलले जानकारी दिनुुभयो ।
विद्यालयको बृहत्तर विकास लागि स्थानीयहरु अभिभावक, सामाजिक अगुुवा देखि बैदेशिक रोजगारीका लागि परदेशमा रहेका स्थानीयहरुले महायज्ञसमा सक्दो दान सहितको शुुभकामना सन्देश प्रवाह गरिरहेकाले विद्यालयदेखि स्थानीयहरु खुुसी दिलाएको उहाँको भनाई छ । महायज्ञ सफल बनाउन स्थानीयहरु घरदेश देखि परदेशसम्म उत्साह थपिएको उहाँको भनाई छ ।
विद्यालयलाई गाउँका स्थानीयहरुले पाँच पाथी धानदेखि करिव दुुईलाखसम्मको नगद दान गाउँलेहरुले गरिरहेकाले विद्यालयको स्तरोन्नतीका लागि सबैले सक्दो सहयोग गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सप्ताह ज्ञानमहायज्ञ समितिका संयोजक रेवन्ता पुनले बताउनुुभयो । अध्यक्ष पुनले भन्नुुभयो– ‘ महायज्ञ पवित्र काममा स्थानीयहरुले पाथी धानदेखि नगद लाखौ सम्मकोे विद्यालय र विद्यार्थीको मुहार निश्चित्त गरेको छ । ’ गाउँको विद्यालयको मुुहार फेर्न स्थानीय सामाजिक तथा साहित्य व्यक्ति सामाजिक अगुवा गुुरुप्रसाद रेग्मी एकलाख ५५, पाँचसय ५५ रुपैयाँ दान गर्नुुभएको छ । रेग्मी दाङका शैक्षिक अगुवाका रुपमा स्थापित व्यक्ति रहेकाले विद्यार्थी बालबालिकाहरुको भविष्यका लागि दान गर्नुुभएको अध्यक्ष पुनले बताउनुुभयो । घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाही निवासी रविलाल महराले ६० हजार रुपैयाँ दान गर्नुुभएको छ ।
मंसिर ८ गतेदेखि संचालनमा भएको सप्ताह ज्ञानमहायज्ञ हालसम्म विद्यालयको शैक्षिक तथा भौतिक हालसम्म २४ लाख ३५ हजार तीनसय ६१ रुपैयाँ नगद दान संकलन भएको महायज्ञ संचालन आर्थिक उपसमितिका संयोजक बालाराम वलीले जानकारी दिनुुभयो । सोमवार सप्ताह ज्ञान महायज्ञको समापन गरिने समितिले जनाएको् छ । धन दान र धान दान गर्ने दानदाताहरुलाई महायज्ञ संचालन समितिले उच्च सम्मान सहित सम्मान पत्र प्रदान गर्ने कार्यक्रम समेत राखिएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
