दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) दाङको जिल्लास्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरुभएको छ । पार्टीको आयोजनामा आइतबार तुलसीपुरस्थित तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा सो प्रशिक्षण कार्यक्रम सुरुभएको हो ।
पार्टी जिल्ला इञ्चार्ज सविन सीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रमको प्रमुख वक्ताको रुपमा पार्टीका महासचिव नेत्र विक्रम चन्द `विप्लव´ सी रहनुभएको छ । महासचिव विप्लव नेताकार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षण दिन दाङ आउनुभएको हो ।
प्रशिक्षण दिन दाङ आउनुभएका महासचिव विप्लवलाई नेताकार्यकर्ताहरुले गुलाफ फूल दिएर स्वागत गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा जिल्लाभरका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
