• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
धानखोला–लमही चारलेन सडक सबैको साझा मुद्धा बन्नुपर्छ : संयोजक शाही




दाङ । धानखोला–लमही चारलेन सडक निर्माण संघर्ष समितिका संयोजक प्रकाश शाहीले धानखोला–लमही चारलेन सडक सबैको साझा मुद्धा बन्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिए नेपालले धानखोला–लमहीसम्म दुई लेनको सडक बनाउन लागेको हुँदा त्यसलार्ई चारलेन बनाउनका लागि राजनीति दलहरुले आफ्नो साझा मुद्धा बनाएर बहस/छलफल चलाउनुपर्ने आवश्यक देखिएको बताउनुभएको हो । उहाँले शुक्रबार घोराहीस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजना गरी धानखोला–लमही चारलेन सडक बनाउनुपर्नेसम्बन्धी जानकारी गरानुभएको थियो ।

उहाँले एमसिए नेपालले निर्माण गर्न लागेको विकास निर्माणको काम राम्रो भएतापनि त्यो विकास निर्माणले त्यहाँको आवश्वता पूरा नगर्ने बताउनुभयो । लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडकलाई विकासको जवरजस्त रुपमा अगाडि बढाइएको उहाँले बताउनुभयो । धानखोला–लमहीलाई चारलेनको सडक बनाउनुपर्छ भन्ने विषयमा राजनीतिक दलहरु पनि बोल्न नसकेको कुरामा जोडदिँदै उहाँले यस विषयमा बोल्दा केतै विकास विरोधी भइन्छ कि भन्ने डर देखिएको बताउनुभयो । उहाँले आफूहरु विकास विरोधी नभएर चाहिएको जस्तो विकास गरौं भन्ने उद्देश्यसहित चारलेन सडक बन्नुपर्ने मागसहित सम्बन्धित निकार्यहरुलाई ध्यानकर्षण पत्र बुझाएको समेत बताउनुभयो ।

संयोजन शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘लुम्बीनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको देउखुरी क्षेत्रमा एमसिए नेपालद्वारा प्रस्तावित दुई लेनको धानखोला–लमही सडक खण्ड रोक्न पहल गर्नु हुन सम्पूर्ण सरोकारवाला लगाएत पत्रकार नागरिक समाजलाई विषेश अनुरोध गर्दछौं । यस परिस्थीतिमा संघ, प्रदेश र स्थानिय सरकारले एमसिए नेपालले अघि बढाएको काम तुरुन्त बन्द गराई सरोकारवालाहरुसंग छलफल गर्नुहुन अनुरोध समेत गर्दछौं र धानखोला लमहि सडक खण्डको डिजाइन नक्साहरु आवश्यक परिमार्जनसहित सरकारले नै धानखोला लमहि सडक खण्ड चार लेनको सडक निर्माणको काम अगाडि बढाउन हुन समेत अनुरोध गर्दछौं । आशा छ, हाम्रा विषयहरुलाई गम्भिरता पूर्वक सम्बोधन गरिने छ ।’

धानखोला लमही क्षेत्र हालको लुम्बीनी प्रदेश राजधानी समेत रहेको यो क्षेत्र तिब्र शहरीकरण उन्मूख छ । र, निकट भविष्य मै उपनगरपालिका रहने गरि छलफल चलिरहेको यो क्षेत्र देशको पूर्वपश्चिम राजमार्ग समेत रहेको हो । हाल दुई लेनको सडक साँघुरो भएका कारण पूर्वपश्चिम राजमार्गलाई एसियन हाईवेका रुपमा पूर्व झापादेखि छिमेकी जिल्ला कपिलवस्तुको गोरुसिङ्गेसम्म चार लेनका बाटाहरु निर्माण प्रक्रियामै छन् र यो कंचनपुर सम्म पुर्याउने घोषणा भएको सन्दर्भमा लुम्बीनी प्रदेश राजधानी देउखुरी क्षेत्रमै पनि हालको बाटो साँघुरो हुँदा अत्यधिक दुर्घटनाहरु भइ रहेका छन् । भने हाल सवारी चाप कम गर्न भालुबाङदेखि लमही क्षेत्रसम्म टाईम कार्ड लागु गरिएको छ । यी सबै कारणले हालको सडकलाई चार लेन बनाउन अति आवश्यक देखिन्छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर, यी आवश्यकताका बीचमा नेपालमा सहयोगका लागी आएको निकाएले सम्बन्धीत सरोकारवालासँग छलफल समेत नगरी सरकारी निकाय र पहुँचवाला व्यक्तिको सल्लाहमा यो सडकलाई स्तरोन्नत्तिको तहमा दुई लेनमा बनाउने समाचारहरुबीच सरोकारवाला हामी मिति २०८२ मंसिर ९ गते एमसिए नेपालका प्रतिनीधि संगको भेटघाटमा प्रस्तावित धानखोला लमही सडक आयोजना दुई लेन सडक भन्दा बढाउन नसविने एमसिए नेपाल स्पष्ट गरेका छन् । प्रतिनीधिले कामको टेन्डर प्रक्रिया अगाडि बढाएको समेत जानकारी गराएका छन् । भने मिति २०८२ मंसिर १० गते लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीसँगको भेटघाटमा पनि चारलेनको सडक अति आवश्यक रहेको र पहल पनि गर्ने तर नागरिकहरुले दवाब जरुरी छ भन्ने विषयबाट हामीले यो विषयको संवेदनशिलता बुझ्न सक्दछौं, शाहीले हस्ताक्षरित गरिएको विज्ञपिप्तमा भनिएको छ ।

जनताको जायज माग सम्बोधन नगरी दुई लेन कै बाटो अगाडि बढाइएमा एमसिए नेपालको काम रोकी चरणवद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरिने समेत विज्ञप्तिमा उल्लेख छ । कार्यक्रमको सञ्चालन कल्याण अधिकारीले गर्नुभएको थियो ।

 

Facebook Comments