• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रदिपलाई प्रियासनले पढाउने




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुर भकारे निवासी सीताकुमारी पौडेलले आँखा राम्रोसँग देख्नुहुन्न । उहाँका आफन्तहरू पनि कोही छैनन् । उहाँले पाँच वर्षीय असहाय प्रदिप केसीलाई पालिरहनु भएको छ ।

प्रदिप यतिबेला स्थानीय नमुना आधारभूत विद्यालयमा अध्ययनरत छन् । पढेर ठूलो मान्छे बन्ने चाहना राखेका प्रदिप सहित सिता जीविको पार्जनका लागि माग्दै गरेको अवस्थामा भेटिनुभयो ।

पसलमा प्रदिपलाई कापी सहयोग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन । प्रदिपलाई पढाउन र सीताको दैनिकी चलाउनको लागि आफ्नो तर्फबाट विशेष सहयोग गर्ने प्रियासनले जानकारी दिनुभयो । पाँच वर्षीय प्रदिपलाई उनले चाहे जति कक्षासम्म पढाउन आफूले सहयोग गर्ने प्रियासनको भनाइ छ।

Facebook Comments