काठमाडौ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुन लागेकोमा प्रशन्नता व्यक्त गरेका छन् ।
उनले सो बिषयलाई खुशीको समाचार भनेर सामाजिक सञ्जालमा लेखेका छन् । आफु पत्रकार महासंघको नेतृत्वमा रहँदा राज्यले सञ्चालन गरेका सञ्चारमाध्यमहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि गंभिरतापुर्वक र निरन्तर आजाव उठाएको स्मरण गर्दै पोख्रेलले अन्य सञ्चारमाध्यमले पनि यो बाटो पछ्याउने बिश्वास व्यक्त गर्दै निजी क्षेत्रका सञ्चारमाध्यमहरु पनि सामाजिक सुरक्षाकोषमा जाने अपेक्षा राखेका छन् ।
सञ्चारमाध्यम सामाजिक सुरक्षा कोषमा जान थालेपछि पत्रकारिता भित्रको श्रमको समस्या समधान हुदैजाने उनको बिश्वास छ ।
पोख्रेलले सामाजिक सञ्जालमा लेखेका छन् एउटा खुशीको समाचार
सञ्चार माध्यमहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पर्छ र यसको थालनी राज्यले सञ्चालन गरेका सञ्चार माध्यमबाट प्रारम्भ हुनुपर्छ भनी मैले पत्रकार महासंघको नेतृत्वमा हुँदा गंभिरतापुर्वक र निरन्तर आवाज उठाउदै आएको थिएँ ।
गोरखापत्रका महाप्रवन्धक लालबहादुर ऐरिको पहलमा गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुने निर्णय भएको र प्रधानमन्त्रीको उपस्थितिमै कोषसंग गोरखापत्रले संझौता गरेको समाचार सुन्दा प्रशन्न भएको छुं ।
अब यो क्रम अन्य सञ्चारमाध्यममा पनि चल्दै जावस्, निजी लगानीका सञ्चारमाध्यमले पनि यो बाटोमा आफुलाई हिडाउने छन् र पत्रकारितामा लाग्नेको भविष्यलाई सुन्दर बनाउने दिशामा हामी हिडौं ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
