• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छैठौं बंगलाचुली कप सम्पन्न




मधुसूदन गिरी

कमिरेचौर । बंंगलाचुली गाउँपमलिकाको आयोजनामा भएको छैठौं बंगलाचुली कप खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । बंगलाचुली– ४ मा रहेको गढीलेख खेलकुद मैदानमा भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिता महिला तथा पुरुष भलिबल र पुरुष क्रिकेट विधाका खेलहरु खेलाइएको थियो ।

प्रतियोगिताको पुरुष भलिबलतर्फ वडा नम्बर ५ प्रथम भएको छ, भने वडा नम्बर ७ द्वितीय र वडा नम्बर ६ तृतीय हुन सफल भएका छन् । त्यस्तै महिला भलिबलतर्फ ८ नम्बर वडा प्रथम हुन भएको छ, भने वडा नम्बर ७ द्वितीय र वडा नम्बर ५ तृतीय भएका छन् ।

त्यसैगरी क्रिकेटतर्फ वडा नम्बर ३ ले पहिलोपटक उपाधि जितेको छ । फाइनल खेलमा वडा नम्बर ४ लाई ८ विकेटले हराउँदै वडा नम्बर ३ ले उपाधि जित्न सफल भएको हो । वडा नम्बर ४ ले टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित १२ ओभरमा ७१ रन बनाएको थियो । ७२ रनको लक्ष्य पछ्याउने क्रममा वडा नम्बर ३ ले १० ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो । यस क्रममा वडा नम्बर ३ का खेलाडी पदम महरा म्यान अफ द सिरिज र बेस्ट ब्याट्सम्यान घोषित भएका थिए । त्यस्तै वडा नम्बर २ का खेलाडी शिशिर गोराथोकी बेस्ट बलर घोषित भएका थिए ।

भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः नगद २६ हजार, १६ हजार र नौ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त प्राप्त गरेका थिए । त्यस्तै क्रिकेटतर्फ विजेता र उपविजेताले क्रमशः ३० हजार र १८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त थिए ।

प्रतियोगितामा पालिकाभित्रका आठ वटै वडाहरुबाट दुई सय ६५ जना खेलाडीहरुले सहभागिता जनाएका थिए ।

बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनको अध्यक्षतामा भएको समापन कार्यक्रममा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल लगायतको उपस्थिति रहेको थियो ।

 

Facebook Comments