• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
उत्तरबाहिनीलाई चिनाउन महायज्ञ सुरु




घोराही । घोराही उपमहानगरपालिका – ७ मा रहेको उत्तरबाहिनी क्षेत्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल – २०८२ सुरुभएको छ । उत्तरबाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालयमा मंगलबारदेखि ज्ञान महायज्ञ सञ्चालन भएको हो ।

महायज्ञको मूल आयोजक समितिका संयोजक घोराही उपमहानगरपालिका – ७ का वडाध्याक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उद्घाटन घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमाकुमारी डिसीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डिसीले उत्तरबाहिनी क्षेत्रलाई चिनाउनका लागि यो महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले धार्मिक क्षेत्रसँग जोडिएको उत्तरबाहिनीको महत्वलाई महायज्ञको माध्यमबाट अझै बढी चिनाउन सकिने बताउनुभयो । यस क्षेत्रलाई धार्मिक तथा पर्यटकी स्थलको रुपमा चिनाउन र यहाँ संस्कृत पठनपाठनलाई नमूना बनाउनको लागि घोराही उपहानगरले पनि सदैव सहयोग रहने उहाँले प्रतिवद्धता जनाउनुभएको थियो ।

त्यस्तै पहिले उत्तरबाहिनीमा विभिन्न प्रकारका धार्मिक क्रियाकलापहरु सञ्चालन हुने गरेको र स्थानीयहरुले नियम रुपमा पूजापाठ गर्दै आएको परम्परा रहेको मूल आयोज समिकिा संयोजक जानकारी दिनुभयो । उहाँले विशेष गरेर यो उत्तरबाहिनीको क्षेत्रको महत्वलाई उजागर गर्ने र उत्तरबाहिनीको महिमा, महत्व र गरिमालाई महायज्ञबाटै सबैसमक्ष सन्देश पुर्याउने उद्देश्य भएको महायज्ञको आयोजना गरिएको बताउनुभयो ।

त्यसैगरी महायज्ञ मूल समितिका सदस्य सचिव प्रकाश भट्टराईले उट्घाटन कार्यक्रममा विषय प्रवेश गराउँदै दाङको इतिहासमा पहिलोपटक संस्कृत गुरुकुल वेद विद्यालयलाई प्रवद्र्धन उद्देश्य राखेर उत्तरबाहिनी सुक्रवारमा श्रीमद्भागवत महायज्ञको आयोजना गरेको बताउनुभयो । उहाँले महायज्ञ मंसिर नौ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने र महायज्ञलाई सफल बनाउन पटकपटक भेला र छलफलले महायज्ञ सञ्चालन गर्न सफल भएको जानकारी दिनुभएको थियो ।

Facebook Comments