शिवु खनाल/श्रवण कुमार यादव
देउखुरी, ६ मंसिर । लमही चेम्बर अफ कमर्सको अध्यक्षमा किरण बुढाथोकी निर्विरोध निर्वाचित हुनुभएको छ।
शनिवार लमहीमा भएको लमही चेम्बर अफ कमर्सको ७ औँ वार्षिक साधारणसभा तथा चौथौँ अधिवेशनबाट बुढाथोकी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । उहाँ यसअघी चेम्बरको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो । निवर्तमान अध्यक्ष सितल भुषालले नवनिर्वाचित अध्यक्ष बुढाथोकीलाई कार्यभार हस्तान्तरण एवं शुभकामना व्यक्त गर्नुभयो।
चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शसिराम नेपाली निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै उपाध्यक्षमा प्रमोद बस्नेत, महिला उपाध्यक्षमा निरु ज्ञावली, महासचिवमा नारायण भुषाल, सचिवमा कमला चुदाली, कोषाध्यक्षमा चिरन खनाल, सह–कोषाध्यक्ष–सपना पाण्डे की निर्विरोध निर्वाचित हुनुभएको हो । त्यसैगरी सदस्यहरुमा उत्तम बिष्ट, हरिराम चौधरी, निर्मल भुसाल, राजेन्द्र श्रेष्ठ, रोसन खनाल, मोहन केसी, शेषमणी अधिकारी, कृष्ण थापा, रामचन्द्र शर्मा, खेमराज घिमिरे, सरिता भुसाल, विशाल सुनार, जबुल मिया निर्विरोध निर्वाचित हुनुभएको छ।
चेम्बर आन्दोलनलाई अभियानको रुपमा विस्तार
वि.सं. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स नेपालको सबैभन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अवय न्यौपानेले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकाश र आर्थिक सम्बृद्धि तथा अन्य ब्यावसायीक गतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका न्यौपानेले नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रुपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समेतसमर्पित रहेको बताउनुभयो। उहाँले भन्नुभयो,–। ‘चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका पनि निर्वाह गरिरहेको छ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्धिपक्षीय वाणिज्य तथा उद्योग संघहरुको प्रतिनिधित्व गर्दछ।’
कार्यक्रममा लमही चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सितल भुषालले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बरले सधैं साथमै रहेको छ ।’ उहाँका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ।
लमही चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष सितल भुषालको अध्यक्षता एवम् चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका सचिव अजय न्यौपानेको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नवनिर्वाचित लमही चेम्बर अफ कमर्सको अध्यक्षमा किरण बुढाथोकी, महासचिव नारायण भुषाल लगायतले बोल्नु भएको थियो।
नवनिर्वाचित लमही चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष शसिराम नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण निवर्तमान महासचिव केशव अधिकारीले गर्नुभएको थियो।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
