• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा मानव कल्याणलाई हिटर र सेरलेस प्रदान




घोराही । घोराही–१५, पाठक चोक निवासी अनिता अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मानव कल्याण समाज सेवा घर, घोराही–१० नारायणपुरलाई आवश्यक सामग्रीहरु हस्तान्तरण गरेकी छन्। उनले सेवा घरमा बसोबास गरिरहेका सुस्थ मनस्थिति भएका व्यक्तिहरूलाई चिसोबाट जोगाउनका लागि हिटर तथा त्यही घरमा रहेका १५ महिनाका दुई जना बालकका लागि सेरलेस उपलब्ध गराएकी हुन्।

जन्मदिनलाई केवल व्यक्तिगत खुसीका रूपमा मात्र होइन, समाजका कमजोर समूहसँग खुशी बाँड्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने सोच अनुरूप उनले यस्तो सहयोग गरेको बताइन्। “सेवा घरमा अत्यावश्यक रूपमा हिटर र बालकका लागि सेरलेस आवश्यक छ भन्ने जानकारी पाएपछि जन्मदिनको अवसरमा सकेको सहयोग गरेको हुँ,” अनिता अधिकारीले भनिन्।

मानव कल्याण समाज सेवा घरकी प्रमुख सुस्मिता श्रेष्ठका अनुसार हाल सेवा घरमा बसोबास गर्नेहरुको संख्या बढ्दो क्रममा रहेकाले उनीहरूको हेरचाह, विशेष गरी चिसो मौसममा तातो व्यवस्थाका सामग्रीहरूको अभाव देखिएको थियो। उनले अनिता अधिकारीको सहयोगले संस्थालाई निकै ठूलो राहत पुगेको उल्लेख गर्दै यस्तो सकारात्मक कामले समाजमा मानवता र सेवा भावनाको सन्देश फैलाउने विश्वास व्यक्त गरिन्। उनले १० थान हिटर र २ प्याकेट सेरलेस गरी करीव २५ हजार बराबरको सामग्रि प्रदान गरेकि हुन ।

अधिकारीले आफ्नो जन्मदिनलाई अर्थपूर्ण र प्रेरणादायी बनाउने उद्देश्यले सहयोग गरेको बताउँदै आगामी दिनमा पनि समाजका विभिन्न क्षेत्रका आवश्यकता अनुसार सहयोग गर्न निरन्तरता दिने प्रतिबद्धता जनाइन्।यसरी जन्मदिन जस्ता व्यक्तिगत अवसरलाई सामाजिक सेवासँग जोडेर मनाउने परम्परा पछिल्लो समय दाङ क्षेत्रमा विस्तारै बढिरहेको छ, र अनिता अधिकारीको कदमले त्यसलाई अझै प्रोत्साहन गरेको छ। अधिकारीको सहयोग कार्यक्रमलाई समाजसेवि द्धय दाजु इन्द्र कुमार वली र अंकल बेचन वलीको पनि साथ रहेको थियो भने अधिकारी आफ्नो पुरै परीवारको साथमा सहयोग हस्तान्त्ररण कार्यक्रमको आयोजना गरेकी थिइन् ।

Facebook Comments