• २३ मंसिर २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
छैठौं बंगलाचुली कपको तयारी पूरा




दाङ। बंगलाचुली गाउँपालिकामा खेलकुद विकासको गति पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढ्दो क्रममा रहँदै आएको छ। सोही क्रममा भोलि आइतबारदेखि सुरु हुन लागेको छैठौं बंगलाचुली कप खेलकुद प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

दुई दिने प्रतियोगितामा पुरुष तथा महिला भलिबल र पुरुष क्रिकेट गरी तीन विधाका प्रतिस्पर्धा सञ्चालन हुनेछन्। प्रत्येक वडाबाट एक टिम सहभागी हुने व्यवस्था अनुसार महिला–पुरुष भलिबलतर्फ ८ वटै वडाका टोलीहरूको सहभागिता रहनेछ भने क्रिकेटतर्फ ७ वडाका टिमले प्रतिस्पर्धा गर्ने छन्।

क्रिकेटमा ग्रुप ए मा वडा २, ७, ३, ६ र ग्रुप बी मा वडा १, ४, ५ परेका छन्। पुरुष भलिबलमा ग्रुप ए मा वडा ८, ७, ६, ४ तथा ग्रुप बी मा वडा १, २, ३, ५ कायम गरिएको छ। महिला भलिबलमा ग्रुप ए मा वडा १, २, ५, ६ र ग्रुप बी मा वडा ३, ४, ७, ८ रहेको शिक्षा तथा युवा शाखाका प्रमुख ओम केसीले जानकारी दिए।

उद्घाटन खेल गढिलेक खेलमैदानमा बिहान ८ बजे सुरु हुनेछ। क्रिकेटतर्फ वडा ७ र वडा २, पुरुष भलिबलमा वडा ८ र वडा ७, महिला भलिबलमा वडा १ र वडा २ बीच प्रारम्भिक प्रतिस्पर्धा हुने छन्।

पुरस्कारतर्फ भलिबल विजेता टोलीले २६ हजार, उपविजेताले १६ हजार, र तृतीयले ९ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। त्यस्तै क्रिकेटतर्फ विजेता र उपविजेताले क्रमशः ३० हजार र १८ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।

बंगलाचुली गाउँपालिकाले स्थानीयस्तरमै प्रतिभाशाली खेलाडी उत्पादन र खेलकुदलाई अझ सशक्त रूपमा अघि बढाउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments