• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल अपांग संघको साधारण सभा काठमाडौंमा हुने




काठमाडौं । अपांगताको क्षेत्रमा सेवारत नेपालको पहिलो सामाजिक संस्था नेपाल अपांग संघको ३७ औं साधारण सभा तथा अधिवेशन काठमाडौंमा हुने भएको छ ।
नेपाल अपांग संघको विधान अनुसार हरेक तीन बर्षमा नयाँ कार्यसमिति चयन गर्ने भएकाले यस बर्ष नयाँ कार्य समिति पनि चयन गरिने नेपाल अपांग संघका महासचिव शिवचन्द्र शाहले जानकारी दिनुभयो ।
नेपाल अपांग संघको अधिवेशन तथा साधारण सभा काठमाडौं शाखाको आतिथ्यमा हुने भएको छ । मंसिर १९ र २० गते काठमाडौं शाखाको आतिथ्यमा साधारण सभा तथा अधिवेशन गरिने महासचिव शाहले जानकारी दिनुभयो । २०२६ सालमा स्थापना गरिएको नेपाल अपांग संघ अपांगताको क्षेत्रमा काम गरिरहेको पुरानो संस्था हो । केन्द्र अन्तरगत छ वटा शाखाहरु रहेका छन् ।
कोशी प्रदेशको झापामा, मधेश प्रदेशको जनकपुरमा, बागमती प्रदेशको काठमाडौंमा, लुम्विनी प्रदेशको दाङ र बाँकेमा शाखाहरु रहेका छन् भने सुदुर पश्चिमको कैलालीका शाखाहरु रहेका छन् । काठमाडौंमा केन्द्रिय कार्यालय र शाखा कार्यालय रहेका छन् ।
नेपाल अपांग संघको इतिहासमा धेरै बर्षपछि मात्रै काठमाडौंमा अधिवेशन हुन थालेको काठमाडौं शाखाका अध्यक्ष नरेन्द्र कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौं शाखाले अधिवेशनको तयारी गरिरहेको छ ।

नेपाल अपांग संघले काठमाडौंमा अपांग पुनःस्थापना गृह संचालनमा ल्याएको छ । जहाँ करिव एक सय जना अपांगता भएका व्यक्तिहरु आश्रित रहेका छन् । यस्तै सुविधा सम्पन्न अर्थोपेडिक अस्पताल पनि संचालनमा रहेको छ । नेपाल अपांग संघको स्थापना समाजसेवी खगेन्द्र बहादुर बस्नेतले गर्नुभएको थियो ।

यसैबीच नेपाल अपांग संघका अध्यक्ष साम्देन लामालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनमा कारवाही गरेर निस्कासन गरिएको छ । काठमाडौं शाखाका आजिवन सदस्य रहेका लामाले अपांग संघमा भ्रष्टाचार गरेको, मनोमानी ढंगले काम गरेको, गृहमा अपांगलाई राख्दा कमीशन खाएको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले २७ बुँदे निर्देशन दिंदै कारवाही गर्न भनेको थियो । सोही अनुसार काठमाडौं शाखाले लामालाई साधारण सभाबाट कारवाही गरेको जिल्ला अध्यक्ष नरेन्द्र लामाले जानकारी दिनुभयो ।

काठमाडौं शाखाले आजिवन सदस्यबाट निश्कासन गरेपछि नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको केन्द्रिय समितिले उपाध्यक्ष चन्द्र तिमिल्सिनालाई कार्यवाहक तोकेको छ । कार्यवाहक अध्यक्ष तिमिल्सिनाले लामाले गरेको अनियमितताका बारेमा जिल्ला प्रशासनले नै स्पष्ट निर्देशन दिएपछि केन्द्रिय पदाधिकारी र केन्द्रिय समितिले बैकल्पिक व्यवस्था गरेको बताउनुभयो । उहाँले काठमाडौंमा आयोजना गरिएको साधारण सभा तथा अधिवेशनमा सहभागिताका लागि सवै जिल्ला शाखालाई आह्वान गर्नुभएको छ ।

नेपाल अपांग संघको विधान अनुसार जिल्ला कार्यसमिति र केन्द्रिय कार्यसमिति मात्रै अधिवेशनका सभासद हुने गर्दछन् । छ वटा शाखामा १९ जनाका दरले कार्यसमिति रहेको हुन्छ भने जिल्ला समितिमा नरहेका र केन्द्रिय समितिमा रहेकाहरु स्वतः केन्द्रिय अधिवेशनमा सहभागी हुन्छन् । अधिवेशनले आगामी तीन बर्षका लागि नयाँ कार्यसमिति चयन गर्ने तिमिल्सिनाले बताउनुभयो ।

Facebook Comments