शिवु खनाल
देउखुरी, ६ मंसिर। नेपाली कम्युनिस्ट पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाल मंसिर १३ गते देउखुरी आउने भएका छन् ।
लुम्बिनी प्रदेश स्तरीय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक माधव लगायतका नेताहरु देउखुरीको लमहीमा आउन लागेको नेपाली कम्युनिस्ट पार्टीका नेता एव्म लुम्बिनी प्रदेशका पूर्व भौतिक पूर्वधार विकास मन्त्री इन्द्रजीत थारुले जानकारी दिनुभयो ।
उहाँका अनुसार मंसिर १३ गते लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी लमहीको सार्वजनिक बगैँचामा लुम्बिनी प्रदेश नेपाली कम्युनिस्ट पार्टीले आयोजना गर्न लागेको प्रदेश स्तरिय सभालाई सम्बोधन गर्न संयोजक प्रचण्ड, सहसंयोजक माधव, वर्षमान पुन, भिम रावल, महेन्द्र राय यादव लगायतका विभिन्न कम्युनिष्ट घटकहरू नेताहरु आउन लागेको बताउनुभयो।
जसको तयारी बैठक शुक्रवार लमहीमा बसेको छ। बैठकले कार्यक्रमको तयारीका लागि विभिन्न समिति उप–समिति गठन गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
