• २० मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा यौनिकता शिक्षाबारे अभिमुखीकरण




घोराही । दाङको घोराहीमा बृहत् यौनिकता शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । परिवार नियोजन संघ दाङ शाखाको आयोजनामा शुक्रबार घोराहीमा यौनिकता शिक्षा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै संघका शाखा प्रबन्धक वसन्त खनालले यौनिकता शिक्षा भनेको मानव यौन तथा यौनिकताको शारीरिक, भावनात्मक, साँस्कृतिक, सामाजिक र व्यवहारिक पक्षहरुको अध्ययन भएको बताउनुभयो । उहाँले यो विषयलाई करिब दुई दशकदेखि विद्यालयमा पाठ्यक्रममा अनिवार्य विषयका रुपमा समावेश गरी अध्यापन गरिएतापनि हालसम्म पनि हाम्रो समाज र नीति निर्माताहरुलाई यौनितकता शिक्षाको महत्व बुझाउन नसकेको बताउनुभयो । यौनिकता शिक्षा यौन, यौनिकता, संवेग, सम्बन्ध र यौन स्वास्थ्यका बारेमा जीवनभर हुने सिकाइ र यो उमेरगत, संस्कृति सुहाउँदो र वैज्ञानिक तथ्यमा आधारित शिक्षा भएको उहाँले बताउनुभयो ।

तर, यौनिकतासम्बन्धी भ्रमहरु अहिले पनि हाम्रो समाजमा विद्यमान देखिने गरेको र यौनिकता शिक्षा दिएको खण्डमा केटाकेटीहरु झन् यौनिक क्रियाकलापमा संलग्न हुन्छन् भनी भ्रम पाल्नेहरु हाम्रो समाज धेरै देखिएकोमा उहाँले जोड दिनुभयो । उमेर विशिष्ट, सांस्कृतिक रुपमा स्वीकार्य, वैज्ञानिक र तथ्यपरक सूचना, विद्यालय भित्र र बाहिर दिन सकिने शिक्षा र पाठ्यक्रममा आधारिक बृहत् यौनिकता शिक्षाका गुणहरु रहेका छन् ।

अहिलेको अवस्थामा किशोरकिशोरीमा यौनिकता शिक्षाको आवश्यकता धेरै रहेको बताउनुभयो । उहाँले यौनिकता शिक्षासम्बन्धी ज्ञान नहुँदा धेरैले किशोर अवस्थामा आत्महत्या गर्ने गरेको जानकारी दिनुभयो । किशोर अवस्थामा आत्महत्या बढ्नुको प्रमुख कारण भनेको आफ्नो यौनिक पहिचान गर्न नसक्नु हो, उहाँले भन्नुभयो । यौन भनेको शारीरिक बुझाइ बुझाइ छ तर, यौन भनेको हाम्रो पहिचान भएको उहाँले बताउनुभयो । युवा पिँढीलाई सही समयमा सही जानकारी दिनुपर्ने उहाँको जोड थियो । नेपालमा धेरै किशोरीहरु स्वास्थ्यकर्मीमा विश्वास, गोपनियताको अभावले सेवा नलिने गरेको र १५ देखि २४ वर्ष वर्षका धेरै युवतीहरुले यौन भावनात्मक वा शारीरिक हिंसा अनुभव गर्ने गरेको उहाँको भनाइ थियो । प्रविधि सहजले यौनहिंसा बढेको र सबैभन्दा धेरै फेसबुक र म्यासेन्जरबाट हुने गरेको समेत उहाँले बताउनुभयो ।

संघका कोषाध्यक्ष माया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख मेघराज आचार्यले यौनिकता शिक्षासम्बन्धी ज्ञान नहुँदा समाजमा दुव्र्यवहारका घट्नाहरु बढ्दै गएको बताउनुभयो । उहाँले यौनिकताका कुरा बुझ्न र बुझाउने परिपाटी नहुँदा हाम्रो समाज दुर्घटना बढेको बताउनुभयो । यौनिकता शिक्षासम्बन्धीको बुझाइ कम हुँदा महिलामाथि दुव्र्यवहार भइरहेको उहाँको जोड थियो । शिक्षा दिनका लागि सही व्यक्ति, सही ठाउँ र सही समय चाहिन्छ, उहाँले भन्नुभयो । सही समयमा सही शिक्षा दिएमा समाज परिवर्तन हुने र समाजमा हुने घटनाहरु कम हुँदै जाने उहाँले भनाइ थियो ।

नेपालमा भौगोलिक तथा सामाजिक–आर्थिक असमानताले गर्दा कर्णाली, मधेश र ग्रामीण क्षेत्रमा किशोर गर्भावस्था तथा विवाह उच्च रहेका छ । इन्टरनेट प्रयोग बढेसँगै अनलाइन शोषण र अनलाइन टु अनलाइन जोखिम बढ्दो अवस्था रहको छ । यसमा डिजिटल जानकारी र सुरक्षा कौशल अभावको मुख्य चुनौती रहेको छ । नेपालले पछिल्लो वर्षमा प्रजनन् स्वास्थ्य सुधारमा प्रगति गरेको भएतापनि किशोर गर्भावस्था, प्रारम्भिक विवाह,एसआरएच सेवा पहँुच र टिएफजिबिभि अझै प्रमुख समस्याका रुपमा रहेका छन् ।

Facebook Comments