घोराही। घोराही उपमहानगरपालिका – ७ मा रहेको उत्तरबाहिनी क्षेत्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं धनधान्यचल – २०८२ सञ्चालन हुनेभएको छ । उत्तरबाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालयमा यही मंसिर नौ गतेदेखि १६ गतेसम्म ज्ञान महायज्ञ सञ्चालन हुनेभएको हो । ज्ञान महायज्ञ मूल समितिले शुक्रबार घोराहीस्थित पत्रकार महासंघको सभाहलामा पत्रकार सम्मेलनमार्फत महायज्ञको बारेमा जानकारी दिएको हो ।
महायज्ञ मूल समितिका सदस्य सचिव प्रकाश भट्टराईले पत्रकार सम्मेलनमा महायज्ञको बारेमा जानकारी दिँदै दाङको इतिहासमा पहिलोपटक संस्कृत गुरुकुल वेद विद्यालयलाई प्रवद्र्धन उद्देश्य राखेर उत्तरबाहिनी सुक्रवारमा श्रीमद्भागवत महायज्ञको आयोजना गरेको बताउनुभयो । उहाँले महायज्ञ मंसिर नौ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने र महायज्ञलाई सफल बनाउन पटक–पटक भेला र छलफलले महायज्ञको मूल आयोजक समिति र २८ वटा उप–समिति बनाएर आ–आफ्ना कामहरू अगाडि बढाएको समेत बताउनुभयो ।
विशेष गरेर यो उत्तरबाहिनीको क्षेत्रको महत्वलाई उजागर गर्ने र त्यो उत्तरबाहिनीको महिमा, महत्त्व र गरिमालाई महायज्ञबाटै सबैको मनमन र जनजनमा सन्देश र्पुयाउने महायज्ञ प्रमुख उद्देश्य भएको कुरामा उहाँले जोड दिनुभयो ।
दाता पहिचान समितिका अगुवा सदस्य भूपबहादुर डाँगीले उत्तरबाहिनीमा महायज्ञ सञ्चालन हुन गइरहेको र त्यहाँ सबैको साथ र सहयोग रहेको बताउनुभयो । उहाँले महायज्ञमा दाताहरुलाई खबर गर्नका लागि गाउँमा जितबहादुर चौधरीलाई जिम्मा लगाएको जानकारी दिनुभयो । उत्तरबाहिनीमा अहिले तिर्थयात्रीहरु भिडभाड बढ्दै गएको समेत उहाँको भनाइ थियो ।
महायज्ञ अनुगमन समितिका संयोजक भिमप्रकाश खड्काले उत्तरबाहिनीमा महायज्ञको ८० प्रतिशत काम पूरा भएको बताउनुभयो । उहाँले उत्तबाहिनी एउटा धार्मिक स्थलको रुपमा स्थापित हुँदै गएको र यसको महत्त्वलाई बुझाउनका लागि महायज्ञको आयोजना गरिएको जानकारी दिनुभयो ।
महायज्ञको मूल आयोजक समितिका संयोजक घोराही उपमहानगरपालिका – ७ का वडाध्याक्ष खोपीराम चौधरीले यही मंसिर नौ गतेदेखि १६ गतेसम्म उत्तरबाहिनीमा ज्ञान महायज्ञ सञ्चालन हुने बताउनुभयो । उहाँले पहिले उत्तरबाहिनीमा विभिन्न प्रकारका धार्मिक क्रियाकलापहरु सञ्चालन हुने गरेको र स्थानीयहरु नियम रुपमा पूजापाठ गर्दै आएको परम्परा रहेको जानकारी दिनुभयो । उत्तरबाहिनीमा हिजो दिनमा स्कूल नभएतापनि त्यो आश्रममा संस्कृत पढ्ने विद्यार्थीहरुलाई बटुकको रुपमा राख्ने चलन रहेको र त्यहाँ संस्कृत पढाइ हुने गरेको उहाँको बताउनुभयो । पछिल्लो समय २०४५÷०४६ मा नेपाल सरकारबाट मान्यता प्राप्त भएर त्यहाँ विद्यालय स्थापना भएपश्चात् नियमित रुपमा संस्कृत पठनपाठन सुरु उहाँको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन समितिका प्रचारप्रसार उपसमितिका संयोजक निशानदाजु भट्टराईले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
