घोराही । फाइन प्रिन्ट र अध्ययन मन्च दाङको सहकार्यमा फाइन प्रिन्ट फिभर घुम्ती साहित्य उत्सव भोलि घोराहीमा हुने भएको छ । उक्त उत्सवमा नेपाली सिने जगतका महानायक राजेश हमाल दाङ आउने भएका छन् ।
लेखक र पाठक बिच प्रत्यक्ष भेट, देखि लेखन अनुभव समेत आदानप्रदान हुने उद्देश्यले उक्त कर्यक्रम दाङमा पहिलो पटक हुन लागेको अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले बताए ।
कार्यक्रमा चर्चित उपन्यासकार सुबिन भट्टराईसँग प्रसना बस्नेत, डा. नवराज केसीसङ्ग घनश्याम अस्तित्व र ददि सापकोटासङ्ग डा . सुदीप गौतम र अभिनेता राजेश हमालसङ्ग सूर्य बिसीले संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै पाठकले प्रश्न गर्ने देखि लेखक हस्ताक्षर समेतको ब्यबस्था भएको संयोजक बिसीले बताए ।
कार्यक्रम सिद्धार्थ एकेडेमी घोराहीको सभा हलमा आयोजना गरिएको छ भने उक्त कार्यक्रम १२:३० देखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
