• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
‘नेशनल भोलेन्टियर फोर्स’ आज घोषणा गर्दै एमाले, माइतीघरदेखि बानेश्वरसम्म मार्चपास




काठमाडौं। नेकपा एमालेले पार्टीभित्र नीति तथा नेतृत्वको सुरक्षा, जनसुरक्षा र विपद्–व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्य सहित आज ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ औपचारिक रूपमा घोषणा गर्ने भएको छ ।

माइतीघर मण्डलामा भेलाभएका युवाहरूले बानेश्वरसम्म मार्चपास गर्नेछन् । सोही कार्यक्रमका क्रममा एनभिएफको औपचारिक घोषणा गर्ने व्यवस्था मिलाइएको हो ।

आज बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले एनभिएफको घोषणा गर्नेछन् । एमालेको जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको पहलमा करिब १५ दिनअघि कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलको संयोजन पोलिटब्यूरो सदस्य महेश बस्नेतले गरेका थिए । कार्यदलले विधान, लोगो, झण्डा, संगठन संरचना, उद्देश्य तथा भविष्यका कार्यक्रमसमेत तयार पारेर फोर्स निर्माण गरेको हो ।

Facebook Comments